भदौ १२, २०८३ (शुक्रबार)
भदौ १२, २०८३ (शुक्रबार)
बालबालिका केन्द्रित कार्यक्रमका लागि बजेट सुनिश्चित गर्न टीकापुरमा पैरवी कार्यक्रम सम्पन्न

✎ Mahesh Rawal

प्रकाशित मिति :
भदौ ११, २०८३ (११ घण्टा अगाडि)
अक्षर आकार

खेमराज पाण्डेय, टीकापुर, कैलाली । बालबालिका केन्द्रित कार्यक्रमका लागि स्थानीय तहमा आवश्यक बजेट सुनिश्चित गर्न पैरवी तथा प्रभाव विस्तार गर्ने उद्देश्यले टीकापुरमा कार्यक्रम सम्पन्न भएको छ।

__________ विज्ञापन____________

बाल कल्याण संघ टीकापुरको आयोजना तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा बालबालिकासँग सम्बन्धित सवाललाई स्थानीय तहको नीति, योजना तथा बजेटमा प्राथमिकताका साथ समेट्नुपर्नेमा जोड दिइएको थियो।

__________ विज्ञापन____________

कार्यक्रममा भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी, प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट, टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगरजी, वडा अध्यक्ष दीर्घ ठकुल्लालगायत भजनी र टीकापुर नगरपालिकाका विषयगत शाखा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

__________ विज्ञापन____________

कार्यक्रममा बालमैत्री कार्यक्रम निर्माण, आवश्यक बजेट विनियोजन तथा त्यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह, सरोकारवाला निकाय र संघसंस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइएको थियो।

बालबालिकाको अधिकार, शिक्षा, संरक्षण, स्वास्थ्य तथा समग्र विकाससँग सम्बन्धित कार्यक्रमलाई स्थानीय तहको वार्षिक नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

कार्यक्रमको सहजीकरण बाल कल्याण संघ टीकापुरका कार्यक्रम संयोजक राधिका गिरी, सामाजिक परिचालक सोनु चौधरी र धनसरा तिरुवाले गर्नुभएको थियो।

FAQs

Question 2 for group

Answer group

Question 2

Test Question Answer 2

Test Question

Test Question ko answer

Question

Answer sample

Baphadar Media Comments

प्रतिक्रिया

पहिलो प्रतिक्रिया दिनुहोस्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल प्रकाशित गरिने छैन। आवश्यक फिल्डमा * चिन्ह छ।

No data was found

यो पनि पढ्नुहोस

बुवाको पुण्यतिथिमा युवराज बमद्वारा बाढीपीडितका लागि १ लाख सहयोग

जोशीपुरका व्यापारीलाई कर नीतिबारे अन्तरक्रियात्मक परामर्श

रसुवा बाढीपीडितका लागि किसान सहकारीको ७ लाख ५१ हजार सहयोग

रसुवाका बाढीपीडितका लागि बौनियाका व्यवसायी झनक बहादुर कुँवरद्वारा ५० हजार ५ रुपैयाँ सहयोग

रसुवाका बाढीपीडितका लागि नवजीवन अस्पतालद्वारा २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग

सरकारी गाडी हुँदाहुँदै उपप्रमुखलाई सवारीसाधन नदिएको भन्दै गुनासो

मोहन्याल गाउँपालिकाका विद्यालयमा व्यवस्थापन समिति गठन गर्न निर्देशन

बर्दगोरियाको जगदम्बिके भगवती माविका निवर्तमान प्रधानाध्यापक खड्कालाई सम्मानपूर्वक बिदाइ

चिल्ड्रेन गार्डेन इङ्लिस स्कुलमा गुरही पर्व विशेष कार्यक्रम, थारू पोशाकमा सजिए विद्यार्थी

बँदेललाई ताकेको गोली साथीको छातीमा लाग्दा मृत्यु

अछामका वडा अध्यक्षले कैलालीमा बसोबास गर्ने बृद्धबृद्धालाई घरदैलोमै बायोमेट्रिक सेवा

बर्दगोरियामा ५६ वर्षीय खुसीराम डंगौरा मृत अवस्थामा फेला

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको १९औँ नगरसभा अधिवेशनको पहिलो बैठक सम्पन्न

पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालनको माग, भन्सार विभागका महानिर्देशकलाई ज्ञापनपत्र

कलम बम मेमोरियल इङ्लिस स्कुलमा NCC तालिमको पूर्वतयारी कार्यक्रम सम्पन्न

चिल्ड्रेन गार्डेन इंग्लिश स्कूल द्वारा आगलागी पीडित तथा विपन्न अभिभावकलाई सहयोग

हप्ताको धेरै पढिएको समाचार