भदौ १२, २०८३ (शुक्रबार)
भदौ १२, २०८३ (शुक्रबार)
रसुवाका बाढीपीडितका लागि नवजीवन अस्पतालद्वारा २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग

✎ Mahesh Rawal

प्रकाशित मिति :
भदौ ११, २०८३ (१८ घण्टा अगाडि)
अक्षर आकार

धनगढी । धनगढीस्थित नवजीवन अस्पताल प्रालिले रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेको छ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

अस्पतालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। अस्पतालका कार्यकारी निर्देशक चक्र खडायतका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग रकम प्रदान गरिएको हो। उक्त रकम बुधबार कोषमा जम्मा गरिएको उनले जानकारी दिए।

__________ विज्ञापन____________

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि देशभरबाट राहत तथा सहयोग जुटिरहेका बेला नवजीवन अस्पतालले पनि मानवीय सहयोगस्वरूप रकम उपलब्ध गराएको हो।

अस्पतालले विपद्को कठिन घडीमा बाढी प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको जनाएको छ।

यसैबीच, अस्पतालले बाढीमा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। बाढीमा परी ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेको छ।

 

बाढीपछि सम्पर्कविहीन रहेका नागरिकहरू सकुशल फेला पर्ने आशा व्यक्त गर्दै अस्पतालले उनीहरूको तत्काल खोजी तथा उद्धारका लागि सम्बन्धित निकायलाई आग्रह गरेको छ। विपद्को समयमा सबै पक्षले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्दै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा योगदान दिनुपर्नेमा अस्पतालले जोड दिएको छ।

 

FAQs

Question 2 for group

Answer group

Question 2

Test Question Answer 2

Test Question

Test Question ko answer

Question

Answer sample

Baphadar Media Comments

प्रतिक्रिया

पहिलो प्रतिक्रिया दिनुहोस्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल प्रकाशित गरिने छैन। आवश्यक फिल्डमा * चिन्ह छ।

No data was found

यो पनि पढ्नुहोस

बुवाको पुण्यतिथिमा युवराज बमद्वारा बाढीपीडितका लागि १ लाख सहयोग

जोशीपुरका व्यापारीलाई कर नीतिबारे अन्तरक्रियात्मक परामर्श

बालबालिका केन्द्रित कार्यक्रमका लागि बजेट सुनिश्चित गर्न टीकापुरमा पैरवी कार्यक्रम सम्पन्न

रसुवा बाढीपीडितका लागि किसान सहकारीको ७ लाख ५१ हजार सहयोग

रसुवाका बाढीपीडितका लागि बौनियाका व्यवसायी झनक बहादुर कुँवरद्वारा ५० हजार ५ रुपैयाँ सहयोग

सरकारी गाडी हुँदाहुँदै उपप्रमुखलाई सवारीसाधन नदिएको भन्दै गुनासो

मोहन्याल गाउँपालिकाका विद्यालयमा व्यवस्थापन समिति गठन गर्न निर्देशन

बर्दगोरियाको जगदम्बिके भगवती माविका निवर्तमान प्रधानाध्यापक खड्कालाई सम्मानपूर्वक बिदाइ

चिल्ड्रेन गार्डेन इङ्लिस स्कुलमा गुरही पर्व विशेष कार्यक्रम, थारू पोशाकमा सजिए विद्यार्थी

बँदेललाई ताकेको गोली साथीको छातीमा लाग्दा मृत्यु

अछामका वडा अध्यक्षले कैलालीमा बसोबास गर्ने बृद्धबृद्धालाई घरदैलोमै बायोमेट्रिक सेवा

बर्दगोरियामा ५६ वर्षीय खुसीराम डंगौरा मृत अवस्थामा फेला

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको १९औँ नगरसभा अधिवेशनको पहिलो बैठक सम्पन्न

पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालनको माग, भन्सार विभागका महानिर्देशकलाई ज्ञापनपत्र

कलम बम मेमोरियल इङ्लिस स्कुलमा NCC तालिमको पूर्वतयारी कार्यक्रम सम्पन्न

चिल्ड्रेन गार्डेन इंग्लिश स्कूल द्वारा आगलागी पीडित तथा विपन्न अभिभावकलाई सहयोग

हप्ताको धेरै पढिएको समाचार