भदौ १२, २०८३ (शुक्रबार)
भदौ १२, २०८३ (शुक्रबार)
बर्दगोरियाको जगदम्बिके भगवती माविका निवर्तमान प्रधानाध्यापक खड्कालाई सम्मानपूर्वक बिदाइ

✎ Mahesh Rawal

प्रकाशित मिति :
भदौ ५, २०८३ (६ दिन अगाडि)
अक्षर आकार

कैलालीको बर्दगोरिया गाउँपालिका–३ मा रहेको जगदम्बिके भगवती माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक नेत्रबहादुर खड्कालाई अनिवार्य अवकाशपछि सम्मानपूर्वक बिदाइ गरिएको छ।

__________ विज्ञापन____________

विद्यालयको शैक्षिक उन्नति, विद्यार्थीको भविष्य निर्माण तथा विद्यालयको समग्र विकासमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै खड्कालाई शिक्षक, विद्यार्थी, अभिभावक तथा समाजसेवीहरूले सम्मानसहित बिदाइ गरेका हुन्।

__________ विज्ञापन____________

खड्काले २०६३ सालदेखि विद्यालयको प्रधानाध्यापकका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो। उहाँले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दा विद्यालयमा कक्षा ४ सम्म मात्रै स्वीकृति रहेको थियो। उहाँको कार्यकालमा विद्यालय क्रमशः विस्तार हुँदै कक्षा १२ सम्म सञ्चालनका लागि स्वीकृति प्राप्त गर्न सफल भएको हो।

__________ विज्ञापन____________

विद्यालयको शैक्षिक विकाससँगै आवश्यक भौतिक संरचना निर्माण तथा व्यवस्थापनमा समेत खड्काको महत्वपूर्ण योगदान रहेको अभिभावकहरूले बताएका छन्। उहाँको नेतृत्वमा विद्यालयले शैक्षिक तथा भौतिक क्षेत्रमा उल्लेखनीय प्रगति गरेको अभिभावकहरूको भनाइ छ।

लामो समयसम्म विद्यालयको नेतृत्व गर्दै शिक्षा क्षेत्रको विकासमा योगदान पुर्‍याउनुभएका खड्काको सेवाप्रति सम्मान व्यक्त गर्दै शिक्षक, विद्यार्थी, अभिभावक तथा समाजसेवीहरूले आगामी जीवन सुखमय, स्वस्थ, शान्तिपूर्ण र सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

विद्यालय परिवारले पनि निवर्तमान प्रधानाध्यापक खड्काप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँको अवकाशपछिको जीवन सुखद र सफल रहोस् भन्दै हार्दिक शुभकामना व्यक्त गरेको छ।

 

FAQs

Question 2 for group

Answer group

Question 2

Test Question Answer 2

Test Question

Test Question ko answer

Question

Answer sample

Baphadar Media Comments

प्रतिक्रिया

पहिलो प्रतिक्रिया दिनुहोस्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल प्रकाशित गरिने छैन। आवश्यक फिल्डमा * चिन्ह छ।

No data was found

यो पनि पढ्नुहोस

बुवाको पुण्यतिथिमा युवराज बमद्वारा बाढीपीडितका लागि १ लाख सहयोग

जोशीपुरका व्यापारीलाई कर नीतिबारे अन्तरक्रियात्मक परामर्श

बालबालिका केन्द्रित कार्यक्रमका लागि बजेट सुनिश्चित गर्न टीकापुरमा पैरवी कार्यक्रम सम्पन्न

रसुवा बाढीपीडितका लागि किसान सहकारीको ७ लाख ५१ हजार सहयोग

रसुवाका बाढीपीडितका लागि बौनियाका व्यवसायी झनक बहादुर कुँवरद्वारा ५० हजार ५ रुपैयाँ सहयोग

रसुवाका बाढीपीडितका लागि नवजीवन अस्पतालद्वारा २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग

सरकारी गाडी हुँदाहुँदै उपप्रमुखलाई सवारीसाधन नदिएको भन्दै गुनासो

मोहन्याल गाउँपालिकाका विद्यालयमा व्यवस्थापन समिति गठन गर्न निर्देशन

चिल्ड्रेन गार्डेन इङ्लिस स्कुलमा गुरही पर्व विशेष कार्यक्रम, थारू पोशाकमा सजिए विद्यार्थी

बँदेललाई ताकेको गोली साथीको छातीमा लाग्दा मृत्यु

अछामका वडा अध्यक्षले कैलालीमा बसोबास गर्ने बृद्धबृद्धालाई घरदैलोमै बायोमेट्रिक सेवा

बर्दगोरियामा ५६ वर्षीय खुसीराम डंगौरा मृत अवस्थामा फेला

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको १९औँ नगरसभा अधिवेशनको पहिलो बैठक सम्पन्न

पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालनको माग, भन्सार विभागका महानिर्देशकलाई ज्ञापनपत्र

कलम बम मेमोरियल इङ्लिस स्कुलमा NCC तालिमको पूर्वतयारी कार्यक्रम सम्पन्न

चिल्ड्रेन गार्डेन इंग्लिश स्कूल द्वारा आगलागी पीडित तथा विपन्न अभिभावकलाई सहयोग

हप्ताको धेरै पढिएको समाचार