थिरेन्द्र बडुवाल, बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका–१ र ६ को सीमाना नजिकै खेतबारीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।

__________ विज्ञापन____________
बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडा निवासी ५६ वर्षीय खुसीराम डंगौरा मृत अवस्थामा फेला परेका हुन्। प्राप्त जानकारीअनुसार मानसिक रूपमा कमजोर रहेका डंगौरा बिहिबार देखि हराइरहेका थिए। हराएको भोलिपल्ट उनको शव खेतबारीमा फेला परेको हो।
__________ विज्ञापन____________

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। मृतकको शव पोस्टमार्टमका लागि दोदोधरा अस्पताल लगिएको इलाका प्रहरी कार्यालय सडकपुर बौनियाका प्रहरी निरीक्षक डम्बर बिष्टले जानकारी दिनुभयो।

मृत्युको कारण भने पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
भिजिटर संख्या : 212





