असोज ६, २०८३ (मंगलबार)
असोज ६, २०८३ (मंगलबार)
अछामका वडा अध्यक्षले कैलालीमा बसोबास गर्ने बृद्धबृद्धालाई घरदैलोमै बायोमेट्रिक सेवा

✎ Mahesh Rawal

प्रकाशित मिति :
श्रावण १६, २०८३ (१ महिना अगाडि)
अक्षर आकार

कैलाली । अछामको बान्नीगढी जयगढ गाउँपालिकामा स्थायी ठेगाना भई हाल कामको सिलसिलामा कैलालीको टिकापुर, धनगढी लगायत विभिन्न स्थानमा अस्थायी रूपमा बसोबास गर्दै आएका सामाजिक सुरक्षा भत्ता लाभग्राही ज्येष्ठ नागरिकहरूको सहजताका लागि बान्नीगढी जयगढ गाउँपालिका–४ का वडा अध्यक्ष किरण खत्रीले घरदैलोमै पुगेर बायोमेट्रिक प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा सञ्चालन गरेका छन्।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

सेवा केन्द्रसम्म पुग्न कठिनाइ हुने ज्येष्ठ नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको अभियानबाट सयौं सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। घरदैलोमै सेवा पाएपछि ज्येष्ठ नागरिकहरूले खुसी व्यक्त गर्दै वडा अध्यक्ष खत्रीप्रति आभार प्रकट गरेका छन्।

__________ विज्ञापन____________

वडा अध्यक्ष किरण खत्रीका अनुसार, स्थायी ठेगाना बान्नीगढी जयगढ गाउँपालिका भए पनि रोजगारी तथा अन्य कारणले कैलालीका विभिन्न स्थानमा अस्थायी रूपमा बसोबास गरिरहेका ज्येष्ठ नागरिकलाई सेवा लिन गाउँ फर्किनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

उनले स्थानीय सरकार नागरिकको घरदैलोमै पुगेर सेवा दिनुपर्छ भन्ने मान्यताअनुसार आगामी दिनमा पनि सेवाग्राहीको आवश्यकतालाई प्राथमिकतामा राखी यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिइने बताए।

 

स्थानीयवासीले वडा कार्यालयको यो पहललाई उदाहरणीय र नागरिकमैत्री कार्यको रूपमा प्रशंसा गरेका छन्। उनीहरूका अनुसार यस अभियानले ज्येष्ठ नागरिकको समय, खर्च र सास्ती घटाउनुका साथै सामाजिक सुरक्षा भत्ता नवीकरण प्रक्रियालाई थप सहज र प्रभावकारी बनाएको छ।

FAQs

Question 2 for group

Answer group

Question 2

Test Question Answer 2

Test Question

Test Question ko answer

Question

Answer sample

Baphadar Media Comments

प्रतिक्रिया

पहिलो प्रतिक्रिया दिनुहोस्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल प्रकाशित गरिने छैन। आवश्यक फिल्डमा * चिन्ह छ।

No data was found

यो पनि पढ्नुहोस

बर्दगोरिया६ मा जिल्ला स्तरीय खुल्ला डान्स कम्पिटिसन हुँदै

KBM School मा NCC क्याडेटको तीनमहिने तालिम, निरीक्षण तथा मूल्याङ्कन कार्यक्रम

बर्दगोरिया डान्स च्याम्पियनसिपको तृतीय पुरस्कार सनराइज स्कुलले प्रायोजन गर्ने

रसुवा बाढीपीडितका लागि भजनी–८ को च्याम्पियन समूहद्वारा ८ हजार ६ सय १५ रुपैयाँ सहयोग

श्रीकृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा चिल्ड्रेन गार्डेनमा भव्य रथयात्रासहित विविध कार्यक्रम

बाढीपीडितका लागि श्री एनटीबीएस स्कुलका कक्षा ५ का विद्यार्थीले गरे सहयोग

महुन्याल माविमा चिनियाँ सहयोग : डेस्क–बेन्चदेखि स्मार्ट बोर्डसम्म, लालझाडी अस्पतालमा एसी जडान

भोटेकोशी बाढीपीडितका लागि द सनराइज माध्यमिक विद्यालयद्वारा रु. ५१ हजार ८८८ सहयोग

चिल्ड्रेन गार्डेन इङ्लिस स्कुलमा गुरही पर्व विशेष कार्यक्रम, थारू पोशाकमा सजिए विद्यार्थी

बँदेललाई ताकेको गोली साथीको छातीमा लाग्दा मृत्यु

अछामका वडा अध्यक्षले कैलालीमा बसोबास गर्ने बृद्धबृद्धालाई घरदैलोमै बायोमेट्रिक सेवा

बर्दगोरियामा ५६ वर्षीय खुसीराम डंगौरा मृत अवस्थामा फेला

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको १९औँ नगरसभा अधिवेशनको पहिलो बैठक सम्पन्न

पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालनको माग, भन्सार विभागका महानिर्देशकलाई ज्ञापनपत्र

पृथ्वीपुर छोटी भन्सार पुनः सञ्चालन र स्तरोन्नतिको माग, अर्थमन्त्री वाग्लेसमक्ष ज्ञापनपत्र

रसुवाका बाढीपीडितका लागि बौनियाका व्यवसायी झनक बहादुर कुँवरद्वारा ५० हजार ५ रुपैयाँ सहयोग

हप्ताको धेरै पढिएको समाचार