भदौ १२, २०८३ (शुक्रबार)
भदौ १२, २०८३ (शुक्रबार)
भजनीमा जिल्ला परियोजना सल्लाहकार समितिद्वारा विभिन्न परियोजनाको स्थलगत अनुगमन

✎ Mahesh Rawal

प्रकाशित मिति :
भदौ ४, २०८३ (१ हप्ता अगाडि)
अक्षर आकार

कैलालीको भजनी नगरपालिकामा जिल्ला परियोजना सल्लाहकार समितिले विभिन्न साझेदारी संस्थामार्फत सञ्चालन भइरहेका परियोजना तथा गतिविधिहरूको स्थलगत अनुगमन गरेको छ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

वल्र्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा विकासका लागि युवा एक्यबद्धता (यार्ड) धनगढी, बाल कल्याण संघ टीकापुर र दिगो विकास समाज भजनीद्वारा सञ्चालन भइरहेका विभिन्न कार्यक्रम तथा गतिविधिको अनुगमन गरिएको हो।

__________ विज्ञापन____________

भजनी नगरपालिका नगरप्रमुख केवल चौधरीको संयोजकत्वमा रहेको अनुगमन टोलीले यार्ड धनगढीद्वारा सञ्चालित बालमैत्री तथा पोषणमैत्री पालिका घोषणाका लागि निर्धारित सूचकहरूको अवस्था, प्रगति, समस्या तथा आगामी आवश्यकताबारे जानकारी लिएको थियो।

अनुगमनका क्रममा आयआर्जन, बाल उत्थान, बाल संरक्षण, सामुदायिक सहभागिता, स्पोन्सरसिप, अभिभावक शिक्षा तथा कृषि उत्पादन समूहलगायतका गतिविधिको स्थलगत अवलोकन गरिएको थियो। साथै, परियोजनाबाट स्थानीय समुदाय तथा बालबालिकामा परेको प्रभावबारे लाभग्राही, अभिभावक, विद्यालय तथा कृषक समूहसँग अन्तरक्रिया गरिएको थियो।

कृषि क्षेत्रमा उत्पादन वृद्धि गर्ने उद्देश्यले दिगो विकास परियोजनाअन्तर्गत गठित सृजनशील जलवायु कृषक समूहकी अध्यक्ष लक्ष्मी चौधरीले समूहको प्रगति तथा उपलब्धिबारे अनुगमन टोलीसमक्ष जानकारी प्रस्तुत गर्नुभयो।

भजनी नगरपालिका–२ रजवराकी आरसी बालबालिकाकी अभिभावक आरतीदेवी कुमालले आफ्नो छोराको हात भाँचिएपछि परियोजनाबाट आर्थिक सहयोग प्राप्त भएको बताउनुभयो। उहाँका अनुसार उक्त सहयोगले उपचारमा ठूलो राहत पुगेको थियो।

त्यस्तै, भजनी नगरपालिका–७ स्थित गणेशमान आधारभूत विद्यालयका प्रधानाध्यापक जादोलाल रायले साझेदारी संस्थाहरूले विद्यालयको शैक्षिक तथा बालमैत्री वातावरण विकासमा उल्लेखनीय सहयोग पुर्‍याउँदै आएको बताउनुभयो।

अनुगमन टोलीले स्थलगत रूपमा प्राप्त सुझाव, समस्या तथा समुदायका आवश्यकतालाई सम्बन्धित पालिका तथा सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने जनाएको छ। अनुगमनले परियोजनाका गतिविधिको प्रभावकारिता, उपलब्धि र आगामी कार्यदिशा पहिचान गर्न सहयोग पुगेको जनाइएको छ।

अनुगमन टोलीमा नगरप्रमुख चौधरीसहित स्वास्थ्य शाखा प्रमुख कैलाश थारु, विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु राज न्यौपाने, कृषि शाखा प्रमुख गीता थापा, महिला तथा बालबालिका शाखा प्रमुख रिजु चौधरी, शिक्षा शाखा प्रमुख मिना चौधरी, पशु सेवा शाखा प्रमुख त्रिलोचन चौधरीलगायत सहभागी हुनुहुन्थ्यो।

त्यसैगरी बाल कल्याण संघ टीकापुर, यार्ड धनगढी तथा दिगो विकास समाज भजनीका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। दिगो विकास समाज भजनीबाट रामबहादुर सुनार, विनोद शाह र प्रेमा विकलगायत सहभागी हुनुहुन्थ्यो।

FAQs

Question 2 for group

Answer group

Question 2

Test Question Answer 2

Test Question

Test Question ko answer

Question

Answer sample

Baphadar Media Comments

प्रतिक्रिया

पहिलो प्रतिक्रिया दिनुहोस्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल प्रकाशित गरिने छैन। आवश्यक फिल्डमा * चिन्ह छ।

No data was found

यो पनि पढ्नुहोस

बुवाको पुण्यतिथिमा युवराज बमद्वारा बाढीपीडितका लागि १ लाख सहयोग

जोशीपुरका व्यापारीलाई कर नीतिबारे अन्तरक्रियात्मक परामर्श

बालबालिका केन्द्रित कार्यक्रमका लागि बजेट सुनिश्चित गर्न टीकापुरमा पैरवी कार्यक्रम सम्पन्न

रसुवा बाढीपीडितका लागि किसान सहकारीको ७ लाख ५१ हजार सहयोग

रसुवाका बाढीपीडितका लागि बौनियाका व्यवसायी झनक बहादुर कुँवरद्वारा ५० हजार ५ रुपैयाँ सहयोग

रसुवाका बाढीपीडितका लागि नवजीवन अस्पतालद्वारा २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग

सरकारी गाडी हुँदाहुँदै उपप्रमुखलाई सवारीसाधन नदिएको भन्दै गुनासो

मोहन्याल गाउँपालिकाका विद्यालयमा व्यवस्थापन समिति गठन गर्न निर्देशन

बँदेललाई ताकेको गोली साथीको छातीमा लाग्दा मृत्यु

चिल्ड्रेन गार्डेन इङ्लिस स्कुलमा गुरही पर्व विशेष कार्यक्रम, थारू पोशाकमा सजिए विद्यार्थी

अछामका वडा अध्यक्षले कैलालीमा बसोबास गर्ने बृद्धबृद्धालाई घरदैलोमै बायोमेट्रिक सेवा

बर्दगोरियामा ५६ वर्षीय खुसीराम डंगौरा मृत अवस्थामा फेला

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको १९औँ नगरसभा अधिवेशनको पहिलो बैठक सम्पन्न

पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनःसञ्चालनको माग, भन्सार विभागका महानिर्देशकलाई ज्ञापनपत्र

कलम बम मेमोरियल इङ्लिस स्कुलमा NCC तालिमको पूर्वतयारी कार्यक्रम सम्पन्न

चिल्ड्रेन गार्डेन इंग्लिश स्कूल द्वारा आगलागी पीडित तथा विपन्न अभिभावकलाई सहयोग

हप्ताको धेरै पढिएको समाचार