कमल शाही दैलेख, वैशाख २८ गते । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ परेकी छन्। बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनलाई जिल्ला प्रहरी कार्यालय दैलेखले शुक्रबार नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सन्तोष रोकायाका अनुसार अध्यक्ष शाहीविरुद्ध ५ लाख रुपैयाँ बराबरको चेक बाउन्स भएको उजुरी परेको थियो। सोही आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
__________ विज्ञापन____________
प्रहरीका अनुसार अध्यक्ष शाहीलाई जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। अनुसन्धानका लागि अदालतबाट म्यादसमेत थप गरिएको प्रहरीले जनाएको छ।
अध्यक्ष शाही नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्।
__________ विज्ञापन____________
भिजिटर संख्या : 71