कर्णाली युवा महोत्सवको दोस्रो संस्करण वैशाख १९–२० मा वीरेन्द्रनगरमा

कमल शाही। कर्णाली प्रदेशका युवाहरूको साझा मञ्चका रूपमा स्थापित कर्णाली युवा महोत्सव को दोस्रो संस्करण वैशाख १९ र २० गते वीरेन्द्रनगर सिटी हल मा आयोजना हुने भएको छ।

__________ विज्ञापन____________

आयोजक समितिका संयोजक विनोदकुमार शाहीका अनुसार महोत्सव मनोरञ्जनमा मात्र सीमित नरही युवाहरूको बौद्धिक, सामाजिक तथा सांस्कृतिक विकासमा केन्द्रित रहनेछ। कर्णाली प्रदेशका सबै जिल्ला तथा स्थानीय तहबाट युवाहरूको सहभागिता रहने यस कार्यक्रममार्फत विकास, शिक्षा, स्वास्थ्य र स्वरोजगारका विषयमा गहन छलफल गरिनेछ।

__________ विज्ञापन____________

महोत्सवमा कर्णालीको रैथाने कला संस्कृति, देउडा खेल तथा विविध सांगीतिक प्रस्तुतिहरू समेटिने छन्, जसले युवाहरूलाई आफ्नो पहिचानसँग जोड्ने अपेक्षा गरिएको छ। साथै, कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पुर्‍याएका उत्कृष्ट १० जना युवालाई ‘कर्णाली युथ आइकन अवार्ड’ प्रदान गरिने कार्यक्रम तय गरिएको छ।

__________ विज्ञापन____________

यसैगरी, पैकेलो माथि पुस्तकमा अन्तर्क्रिया तथा समसामयिक विषयहरूमा विज्ञहरूसँग ‘युथ संवाद’ कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

महोत्सव युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने साझा मञ्चका रूपमा रहने विश्वास गरिएको छ। युवाहरूमा निहित सृजनशीलता, नेतृत्व क्षमता र ऊर्जालाई उजागर गर्दै राज्यको विकास प्रक्रियामा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु यसको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

साथै, कर्णालीको पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास र सामाजिक रूपान्तरणमा युवाहरूको भूमिकाबारे स्पष्ट दिशानिर्देश दिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

कलम बम मेमोरियल इङ्लिस स्कुलद्वारा छात्रवृत्तिका लागि आवेदन खुला

घोडाघोडी नगरपालिकाद्वारा विद्यालय वर्गीकरण सार्वजनिक: ७ विद्यालय ‘ख’ श्रेणीमा, आधारभूत तहमा चिल्ड्रेन गार्डेन मात्र उत्कृष्टको सूचीमा

किसान बहुउद्देश्यीय सहकारीद्वारा नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना

कलम बम मेमोरियल इङ्लिस स्कुलमा शिक्षक प्रशिक्षण कार्यक्रम सुरु

मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दुई बालकको ज्यान गयो

दैलेखमा बैशाख १३ देखि पञ्चकोशी धार्मिक पर्यटन मेला हुँदै

लम्कीचुहामा हाईस र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

बर्दगोरियामा ३१० मिलिग्राम हिरोइनसहित दुई युवा पक्राउ