कृषकका लागि कृषि एम्बुलेन्स सुरुवात गरौं : रास्वपा सांसद खनाल

काठमाडौं । रास्वपा सांसद केपी खनालले कृषि एम्बुलेन्स सुरु गर्नुपर्ने बताएका छन् ।

__________ विज्ञापन____________

बुधबार सिंहदरबारमा बसेको कृषि समितिको बैठकमा बोल्दै उनले मान्छे बिरामी हुँदा एम्बुलेन्स आउने गरेको जस्तै किसानको खेलमा उब्जेको बाली बिरामी हुँदा पनि एम्बुलेन्स आउनुपर्ने बताए ।

__________ विज्ञापन____________

‘नेपाल पाल्ने गाडी चाहिँ करोडौंको हुने, तर देश पाल्ने कृषकले किसानलाई ५/७ लाख पर्ने कृषि एम्बुलेन्स प्रदान गर्न सकेनौं भने हामीले कृषिका ठूला कुरा गरेर के नै पाइन्छ ?,’ उनले भने ।

__________ विज्ञापन____________

अहिले कम्तीमा अब आउने आर्थिक वर्षमा कुनै एक क्षेत्रमा मात्रै पनि यसको सुरुवात गर्नुपर्ने बताए ।साथै, समितिले यो विषयमा गम्भीर भएर रिपोर्ट लैजाओस् भन्ने आफ्ना आग्रह रहेको बताए ।

त्यस्तै, माटो परीक्षण पनि गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

किसानले सडकमा आफ्ना उत्पादन फ्याँकिरहँदा उपभोक्ताले ५ गुणा महँगोमा किन्नुपरेको अवस्था अन्त्य गर्नेगरी काम हुनुपर्ने उनले बताए ।

‘यो बिचौलियाको सेटिङ तोड्न र किसानको पसिनालाई ’क्यास’ नगदमा बदल्न ’कृषि एम्बुलेन्स’ पनि आवश्यक देख्दछु तर यो हाम्रो कृषिको ‘आईसीयू’ (क्ष्ऋग्) मा रहेको अवस्था सुधार गर्ने अनिवार्य अक्सिजन हो,’ सांसद खनालले भने ।

नेपालमा उत्पादित फलफूल र तरकारीको करिब २० देखि ३५ प्रतिशत हिस्सा ढुवानी र उचित भण्डारणको अभावमा बजार नपुग्दै नष्ट हुने गरेकोतर्फ उनको ध्यान थियो ।

शीत भण्डार युक्त, डिजिटल ट्र्याकिङ, २४ घण्टाभित्र ढुवानी, न्यूनतम ढुवानी लगायतका विषयलाई ध्यान दिएर कृषि एम्बुलेन्सको सुरुवात गर्नुपर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

नेपाली कांग्रेस परित्याग गरेका पृथ्वी विक्रम शाही राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

चिसापानी जंगलाघाट–मङलसेन सडक र पुलका लागि ५४ करोड सुनिश्चित, अछाम अस्पतालका लागि ६० करोड प्रक्रिया अघि

निर्माण व्यवसायी संघ कैलालीको अधिवेशनमा शिवराज सापकोटाको उम्मेदवारी

चामुण्डा प्रिमियर लिग सिजन–२ आयोजना हुने

कर्णाली युवा महोत्सवको दोस्रो संस्करण वैशाख १९–२० मा वीरेन्द्रनगरमा

कलम बम मेमोरियल इङ्लिस स्कुलद्वारा छात्रवृत्तिका लागि आवेदन खुला

घोडाघोडी नगरपालिकाद्वारा विद्यालय वर्गीकरण सार्वजनिक: ७ विद्यालय ‘ख’ श्रेणीमा, आधारभूत तहमा चिल्ड्रेन गार्डेन मात्र उत्कृष्टको सूचीमा

किसान बहुउद्देश्यीय सहकारीद्वारा नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना