कलम बम मेमोरियल इङ्लिस स्कुलद्वारा छात्रवृत्तिका लागि आवेदन खुला

कैलाली, वैशाख १६ — घोडाघोडी नगरपालिका–१० पहलमानपुर स्थित कलम बम मेमोरियल इङ्लिस स्कुल ले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन फारम खुला गरेको छ। विद्यालयले प्रचलित शिक्षा ऐन तथा नियमावली बमोजिम कुल विद्यार्थी संख्याको १० प्रतिशतलाई समावेशी आधारमा छात्रवृत्ति प्रदान गर्ने जनाएको हो।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

विद्यालय प्रशासनद्वारा जारी सूचनाअनुसार वैशाख ३० गतेभित्र योग्य विद्यार्थीहरूले आवेदन फारम भरिसक्नुपर्नेछ।

__________ विज्ञापन____________

विद्यालयले छात्रवृत्तिका लागि विपन्न तथा अति निम्न आर्थिक अवस्था भएका, गरिब तथा जेहेन्दार, अपाङ्गता भएका, मेधावी, आदिवासी/जनजाति, दलित, टुहुरा तथा द्वन्द्वपीडित बालबालिकालाई प्राथमिकतामा राखेको जनाएको छ।

आवेदन दिन इच्छुक विद्यार्थीहरूले निवेदन, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो कक्षाको ग्रेडसिट, सम्बन्धित निकायको सिफारिस वा प्रमाणपत्र तथा आवश्यक अन्य कागजातहरू पेश गर्नुपर्ने विद्यालयले जनाएको छ।

प्राप्त आवेदनहरूको मूल्यांकनपछि योग्य विद्यार्थीलाई लिखित परीक्षा तथा अन्तर्वार्ता मार्फत अन्तिम छनोट गरिने विद्यालयका प्रधानाध्यापक युवराज बम ले जानकारी दिएका छन्। छात्रवृत्ति छनोट परीक्षा जेठ २ गते सञ्चालन हुने विद्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

घोडाघोडी नगरपालिकाद्वारा विद्यालय वर्गीकरण सार्वजनिक: ७ विद्यालय ‘ख’ श्रेणीमा, आधारभूत तहमा चिल्ड्रेन गार्डेन मात्र उत्कृष्टको सूचीमा

किसान बहुउद्देश्यीय सहकारीद्वारा नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना

कलम बम मेमोरियल इङ्लिस स्कुलमा शिक्षक प्रशिक्षण कार्यक्रम सुरु

मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दुई बालकको ज्यान गयो

दैलेखमा बैशाख १३ देखि पञ्चकोशी धार्मिक पर्यटन मेला हुँदै

लम्कीचुहामा हाईस र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

बर्दगोरियामा ३१० मिलिग्राम हिरोइनसहित दुई युवा पक्राउ

बर्दगोरियामा ३१० मिलिग्राम हिरोइनसहित दुई युवा पक्