चामुण्डा प्रिमियर लिग सिजन–२ आयोजना हुने

कमल शाही। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–जम्बुकाँध, दैलेखमा चामुण्डा प्रिमियर लिग (CPL) सिजन–२  आयोजना हुने भएको छ। चामुण्डा बिन्द्रासैनी स्पोर्ट्स एकेडेमीको आयोजनामा सञ्चालन हुन लागेको उक्त क्रिकेट प्रतियोगिता यहीँ २०८३ जेठ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिने जनाइएको छ।

__________ विज्ञापन____________

एकेडेमीले सार्वजनिक गरेको सूचनाअनुसार प्रतियोगिता बिन्द्रासैनी खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूलाई समयमै दर्ता गराउन अनुरोध गरिएको छ।

__________ विज्ञापन____________

प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु. ९०,०००, द्वितीय हुने टोलीले रु. ४५,०००, तृतीय हुने टोलीले रु. २५,००० तथा सान्त्वना पुरस्कार स्वरूप रु. १५,००० प्राप्त गर्नेछन्। सहभागी हुन चाहने टोलीका लागि दर्ता शुल्क रु. ४,५०० तोकिएको छ।
प्रतियोगितामा प्रत्येक टिमले १५ जना खेलाडी समावेश गर्नुपर्नेछ भने कम्तीमा ११ जना खेलाडी मैदानमा उतार्नुपर्ने व्यवस्था गरिएको छ। खेल ICC को नियमअनुसार सञ्चालन हुने र विवादका विषयमा आयोजकको निर्णय अन्तिम हुने जनाइएको छ।

__________ विज्ञापन____________

त्यस्तै, खेल अवधिभर खेलाडीहरूलाई सामान्य प्राथमिक उपचारबाहेक अन्य जिम्मेवारी सम्बन्धित टोलीकै हुने, साथै यातायात, खाना तथा आवासको व्यवस्था टोली स्वयंले गर्नुपर्ने उल्लेख गरिएको छ।

टिम दर्ता २०८३ जेठ २ गते साँझ ५ बजेसम्म गर्न सकिने आयोजकले जनाएको छ। प्रतियोगिता १२ ओभरको टेनिस बल क्रिकेटमा आधारित रहनेछ।
थप जानकारीका लागि आयोजकलले सम्पर्क नम्बर पनि  सार्वजनिक गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

निर्माण व्यवसायी संघ कैलालीको अधिवेशनमा शिवराज सापकोटाको उम्मेदवारी

कर्णाली युवा महोत्सवको दोस्रो संस्करण वैशाख १९–२० मा वीरेन्द्रनगरमा

कलम बम मेमोरियल इङ्लिस स्कुलद्वारा छात्रवृत्तिका लागि आवेदन खुला

घोडाघोडी नगरपालिकाद्वारा विद्यालय वर्गीकरण सार्वजनिक: ७ विद्यालय ‘ख’ श्रेणीमा, आधारभूत तहमा चिल्ड्रेन गार्डेन मात्र उत्कृष्टको सूचीमा

किसान बहुउद्देश्यीय सहकारीद्वारा नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना

कलम बम मेमोरियल इङ्लिस स्कुलमा शिक्षक प्रशिक्षण कार्यक्रम सुरु

मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दुई बालकको ज्यान गयो

दैलेखमा बैशाख १३ देखि पञ्चकोशी धार्मिक पर्यटन मेला हुँदै