कैलाली — निर्माण व्यवसायी संघ कैलालीको २९ औँ साधारणसभा तथा १२ औँ अधिवेशन नजिकिँदै गर्दा चुनावी सरगर्मी बढ्दै गएको छ। यसै सन्दर्भमा दीर्घराज जोशी नेतृत्वको प्यानलबाट खुला सदस्य पदका लागि शिवराज सापकोटाले उम्मेदवारी घोषणा गर्नुभएको छ।
पृथ्वी कन्स्ट्रक्सन, बर्दगोरिया–४, कैलाली का संचालक सापकोटा निर्माण व्यवसाय क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। उहाँले व्यवसायीहरूको हकहित संरक्षण, पारदर्शिता तथा संस्थागत विकासलाई प्राथमिकतामा राख्दै आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको हो।
__________ विज्ञापन____________
सापकोटाले सम्पूर्ण व्यवसायी, साथीभाइ, अग्रज तथा सरोकारवालाहरूसँग आफ्नो टिमलाई अत्यधिक मत दिएर विजयी गराउन हार्दिक अपिल गर्नुभएको छ।
__________ विज्ञापन____________
आगामी अधिवेशनमा विभिन्न प्यानलबीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ भने संघभित्र चुनावी माहोल दिनप्रतिदिन तातेको देखिन्छ।
भिजिटर संख्या : 32