दैलेखमा मिथेन ग्यास उत्खनन अघि बढाउन एमाले दैलेखको दबाब

कमल शाही दैलेख, वैशाख २५ गते ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) दैलेखको जिल्ला बैठक सम्पन्न भएको छ। बैठकले वर्तमान राजनीतिक अवस्था, संविधान कार्यान्वयन, राष्ट्रियता, ऊर्जा विकास तथा प्राकृतिक स्रोतको उपयोगलगायत समसामयिक विषयमा विभिन्न धारणा सार्वजनिक गरेको छ।

__________ विज्ञापन____________

बैठकले सरकार संविधानको मर्म र जनताको अपेक्षाअनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै नागरिकका आधारभूत आवश्यकता सम्बोधन गर्न आग्रह गरेको छ। विशेषगरी आवास, खानेपानी, शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत सेवाहरूलाई प्राथमिकतामा राखेर प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने धारणा बैठकले व्यक्त गरेको छ।

__________ विज्ञापन____________

त्यसैगरी, दैलेखसँग सम्बन्धित अपर कर्णाली जलविद्युत् आयोजनालाई राष्ट्रिय हितअनुसार प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारसँग माग गरिएको छ। आयोजना दीर्घकालीन रूपमा नेपालकै हितमा उपयोग हुनुपर्ने र स्थानीय समुदायले प्रत्यक्ष लाभ प्राप्त गर्ने सुनिश्चितता गरिनुपर्ने एमाले दैलेखका अध्यक्ष सूर्यबहादुर शाहीले बताउनुभयो।

__________ विज्ञापन____________

उहाँका अनुसार बैठकमा दैलेखको भैरवी गाउँपालिका क्षेत्रमा मिथेन ग्यासको सम्भावना रहेको उल्लेख गर्दै पेट्रोलियम तथा ग्यास उत्खनन कार्यलाई तीव्रता दिन नेपाल सरकारसँग आग्रह गरिएको छ। विश्वव्यापी रूपमा इन्धन संकटको जोखिम बढिरहेका बेला स्वदेशी ऊर्जा स्रोतको खोज, विकास र उपयोग अपरिहार्य रहेको निष्कर्ष बैठकले निकालेको छ।

बैठकले वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक मूल्य–मान्यता, संसद्को प्रभावकारी भूमिका तथा नागरिक अधिकारको संरक्षणप्रति सरकार गम्भीर बन्नुपर्नेमा पनि जोड दिएको छ। लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ र संस्थागत गर्न सबै राजनीतिक शक्तिबीच सहकार्य, संवाद र सहमतिका आधारमा अघि बढ्नुपर्ने धारणा बैठकले व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

नेपाली कांग्रेस परित्याग गरेका पृथ्वी विक्रम शाही राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

कृषकका लागि कृषि एम्बुलेन्स सुरुवात गरौं : रास्वपा सांसद खनाल

चिसापानी जंगलाघाट–मङलसेन सडक र पुलका लागि ५४ करोड सुनिश्चित, अछाम अस्पतालका लागि ६० करोड प्रक्रिया अघि

निर्माण व्यवसायी संघ कैलालीको अधिवेशनमा शिवराज सापकोटाको उम्मेदवारी

चामुण्डा प्रिमियर लिग सिजन–२ आयोजना हुने

कर्णाली युवा महोत्सवको दोस्रो संस्करण वैशाख १९–२० मा वीरेन्द्रनगरमा

कलम बम मेमोरियल इङ्लिस स्कुलद्वारा छात्रवृत्तिका लागि आवेदन खुला

घोडाघोडी नगरपालिकाद्वारा विद्यालय वर्गीकरण सार्वजनिक: ७ विद्यालय ‘ख’ श्रेणीमा, आधारभूत तहमा चिल्ड्रेन गार्डेन मात्र उत्कृष्टको सूचीमा