कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं १ मा रहेको द सनराइज माध्यमिक विद्यालयले कक्षा ८ (BLE) परीक्षा २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयले सार्वजनिक गरेको नतिजाअनुसार अधिकांश विद्यार्थीहरूले उच्च GPA ल्याउँदै उल्लेखनीय सफलता हासिल गरेका हुन्।
विद्यालयका अनुसार मनोज रोकाया (3.88 GPA) ले सर्वाधिक GPA ल्याएका छन्। त्यसैगरी विक्रान्त बम र प्राप्ति ताम्राकारले 3.81 GPA, जीवन भट्टा
र सिरिसा लम्सालले 3.79 GPA प्राप्त गरेका छन्।
यस्तै विष्णु न्यौपाने (3.78 GPA), सुशिला कुमारी बम (3.76 GPA), बिनु तिवारी र युबराज बिष्ट (3.73 GPA), मोहन लामा (3.72 GPA) लगायतका विद्यार्थीहरूले पनि उत्कृष्ट नतिजा ल्याएका छन्।
अन्य विद्यार्थीहरूमा राजन विश्वकर्मा, एलेना बुढा, सृष्टि लम्साल, कृतिका बिष्ट, मञ्जु थापा, पूर्णिमा बम, कमल खत्री, अनन्या मल्ल, भिबेक थारु, प्रतिक डंगौरा लगायतले पनि राम्रो GPA ल्याउँदै सफलता हात पारेका छन्।
विद्यालयले सबै सफल विद्यार्थीहरूलाई बधाई दिँदै आगामी शैक्षिक यात्रामा अझ सफलताको कामना गरेको छ। साथै, शिक्षक, अभिभावक तथा विद्यालय परिवारको सामूहिक प्रयासले यस्तो उत्कृष्ट नतिजा सम्भव भएको विद्यालयले जनाएको छ।