कैलालीको घोडाघोडी नगरपालिका–१०, पहलमानपुरस्थित Kalam Bam Memorial English School (KBM School) ले शैक्षिक सत्र २०८२ को अन्तिम परीक्षाको नतिजा प्रकाशन कार्यक्रम आज भव्यताका साथ सम्पन्न गरेको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षक–शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय परिवारले हार्दिक बधाई ज्ञापन गर्दै उनीहरूको उज्ज्वल भविष्य तथा उत्तरोत्तर प्रगतिको कामना गरेको छ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल तथा संस्थापक युवराज बम ले विद्यार्थीहरूको सफलता विद्यालय परिवारका लागि गर्वको विषय भएको उल्लेख गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने अभिभावकहरूप्रति विद्यालयले आभार व्यक्त गरेको छ। साथै, विद्यार्थीको शैक्षिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण शिक्षक–शिक्षिकाहरूको समर्पण र मेहनतप्रति विशेष धन्यवाद समेत व्यक्त गरिएको छ।

विद्यालयले आगामी दिनमा विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा थप जोड दिने जनाएको छ।