कृष्ण बटालाले विद्यार्थीका लागि निःशुल्क बस सेवा, स्ववियुद्वारा धन्यवाद

कैलाली — राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर २ का सभापति तथा लम्कीचुहा नगरपालिका स्थित ‘हाम्रो पाठशाला’का सञ्चालक कृष्ण बटाला ज्यूद्वारा विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै बस सेवा उपलब्ध गराइने भएको छ।

__________ विज्ञापन____________

लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीहरूको परीक्षा केन्द्र टिकापुरस्थित वीरेन्द्र विद्या मन्दिर क्याम्पसमा तोकिएको छ। उक्त केन्द्र टाढा परेकाले विद्यार्थीहरूलाई समयमै पुग्न असहज हुने अवस्थालाई मध्यनजर गर्दै बटालाले बसको व्यवस्था गरिदिने घोषणा गरेका हुन्।

__________ विज्ञापन____________

यस सहयोगप्रति स्ववियुले आभार व्यक्त गर्दै विद्यार्थीहरूको सहजता र सुरक्षाका लागि गरिएको पहल सराहनीय भएको जनाएको छ। साथै, स्ववियुले सम्पूर्ण विद्यार्थीहरूलाई तोकिएको समयमै उपस्थित भई सेवा उपयोग गर्न अनुरोध गरेको छ।

__________ विज्ञापन____________

तपसिल:

बस छुट्ने स्थान: लम्की चोक

समय: बिहान ६:१५ बजे

विद्यार्थीको शैक्षिक यात्रालाई सहज बनाउन गरिएको यस्तो सहयोगले सकारात्मक सन्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

वैशाख १३ देखि दैलेखको पञ्चकोशी क्षेत्रमा धार्मिक पर्यटन मेला सञ्चालन हुने

कैलाली जिल्ला संगीतकर्मी संघको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, दीपेन्द्र ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

किसान बहुउद्देश्यीय सहकारीद्वारा मृतक परिवारलाई ३ लाख ४६ हजार सहयोग

अवैध शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने सरकारको चेतावनी

हावाहुरीसहितको असिना पानीबाट चामुण्डाविन्द्रासैनीमा क्षति, स्थलगत अनुगमन

बर्दगोरिया गाउँपालिकाको १७औँ गाउँ सभा सम्पन्न, पुँजीगत तर्फ ४० र चालुतर्फ ४५ प्रतिशत बजेट खर्च

दैलेखमा ठेक्का सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु

कर्णाली खेलकुद परिषदमा नयाँ नियुक्ति : सदस्य सचिवमा रवीन्द्र चन्द