कैलाली जिल्ला संगीतकर्मी संघको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, दीपेन्द्र ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कैलाली — राष्ट्रिय संगीतकर्मी संघ, सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको तेस्रो जिल्ला अधिवेशन घोडाघोडी नगरपालिका–स्थित बासिष्ठ होटलको सभाहलमा आज भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
अधिवेशनबाट दीपेन्द्र ओली अध्यक्षमा निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा अनु खड्का, महासचिवमा तपेन्द्र ढुङ्गाना, उप–महासचिवमा प्रशान्त क्षेत्री, कोषाध्यक्षमा यज्ञराज जैशी र सह–कोषाध्यक्षमा रमेश भट्ट चयन हुनुभएको छ।
सदस्यहरूमा श्याम बोहरा, भरत ताम्राकार, अर्जुन के.सी., तुला धामी  लगायत चयन भएका छन्।
कार्यक्रमको अध्यक्षता पूर्व जिल्ला अध्यक्ष सौगात ओझाले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिका प्रमुख खड्कबहादुर रावतले संगीतकर्मीहरूको योगदान समाजको सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै स्थानीय तहबाट कलाकारहरूको हकहित र विकासमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष नील गगन सिंह रोशनले संगीत क्षेत्रलाई संस्थागत रूपमा मजबुत बनाउन संगठनात्मक एकता आवश्यक रहेको बताउँदै कलाकारहरूको सम्मान र अधिकारका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी प्रदेश उपाध्यक्ष गुणाकार पनेरु र प्रदेश उप–महासचिव ज्ञानेन्द्र कुँवरले संगीतकर्मीहरूको हकहित, तालिम, अवसर विस्तार र राज्यसँगको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा गौतमको समेत कार्यक्रममा उपस्थिति रहेको थियो। उहाँले स्थानीय कला र व्यवसाय एकअर्कासँग जोडिएको उल्लेख गर्दै कलाकारहरूको सीपलाई आर्थिक अवसरसँग जोड्नुपर्ने बताउनुभयो।
वक्ताहरूले समग्र रूपमा संगीतकर्मीहरूको हकहित, कला संरक्षण र स्थानीय स्तरमा संगीत क्षेत्रको विकासका लागि अधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अधिवेशन आजै भव्य रूपमा सम्पन्न भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

वैशाख १३ देखि दैलेखको पञ्चकोशी क्षेत्रमा धार्मिक पर्यटन मेला सञ्चालन हुने

कृष्ण बटालाले विद्यार्थीका लागि निःशुल्क बस सेवा, स्ववियुद्वारा धन्यवाद

किसान बहुउद्देश्यीय सहकारीद्वारा मृतक परिवारलाई ३ लाख ४६ हजार सहयोग

अवैध शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने सरकारको चेतावनी

हावाहुरीसहितको असिना पानीबाट चामुण्डाविन्द्रासैनीमा क्षति, स्थलगत अनुगमन

बर्दगोरिया गाउँपालिकाको १७औँ गाउँ सभा सम्पन्न, पुँजीगत तर्फ ४० र चालुतर्फ ४५ प्रतिशत बजेट खर्च

दैलेखमा ठेक्का सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु

कर्णाली खेलकुद परिषदमा नयाँ नियुक्ति : सदस्य सचिवमा रवीन्द्र चन्द