कमल शाही । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका क्षेत्रमा चैत १३ गते आएको हावाहुरीसहितको असिना पानीका कारण विभिन्न स्थानमा क्षति पुगेको छ। अविरल हावाहुरी र असिनाले स्थानीयवासीका घर, बाली तथा संरचनामा असर पुर्याएको जनाइएको छ।


घटनापछि नगरपालिका, सम्बन्धित निकाय तथा जनप्रतिनिधिहरूले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। अनुगमनका क्रममा क्षतिको विवरण संकलन गर्नुका साथै पीडित परिवारको अवस्था बुझिएको छ।

प्रारम्भिक विवरण अनुसार केही घरका छाना उड्नुका साथै खेतबारीमा लगाइएको बालीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन्। यद्यपि, क्षतिको पूर्ण विवरण संकलन कार्य जारी रहेको नगरपालिका स्रोतले जनाएको छ।

नगरपालिकाले पीडित परिवारलाई आवश्यक सहयोग तथा राहत उपलब्ध गराउने तयारी भइरहेको जनाएको छ। साथै, नागरिकहरूलाई सुरक्षित रहन र सम्भावित विपद्बाट जोगिन सतर्कता अपनाउन आग्रह गरिएको छ।