अवैध शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने सरकारको चेतावनी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले केही संस्थागत विद्यालयहरूले प्रचलित कानुन तथा सर्वोच्च अदालतको आदेश विपरीत शुल्क असुल गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

__________ विज्ञापन____________

मन्त्रालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा शैक्षिक सत्र २०८२ सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्दा स्वीकृत मापदण्डभन्दा बढी शुल्क असुलिएको गुनासो आएको उल्लेख गरिएको छ। यसअघि नै सम्बन्धित सबै निकाय तथा स्थानीय तहलाई यस्तो कार्य रोक्न अनुरोध गरिए पनि केही विद्यालयले अझै पनि अवैध रूपमा शुल्क लिने कार्य जारी राखेको मन्त्रालयको भनाइ छ।

__________ विज्ञापन____________

मन्त्रालयले शिक्षा ऐन २०२८ को दफा १६५ (६) अनुसार गैरकानुनी रूपमा उठाइएको शुल्क सम्बन्धित विद्यालयहरूले विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको छ। साथै, उक्त निर्देशन उल्लङ्घन गर्ने विद्यालयमाथि थप कानुनी कारबाही अगाडि बढाइने चेतावनी समेत दिइएको छ।

__________ विज्ञापन____________

यस विषयमा प्रभावकारी अनुगमन तथा कारबाहीका लागि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसँग आवश्यक समन्वय गर्न अनुरोध गरिएको छ।

विद्यार्थी तथा अभिभावकको गुनासो सम्बोधन गर्न मन्त्रालयले ‘हेल्प डेस्क’ स्थापना गरेको पनि जनाएको छ। गुनासो परेमा सम्बन्धित निकायमा सम्पर्क गरी आवश्यक सहयोग लिन सकिने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

दैलेखको पाल्तमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत २५ महिलालाई बाख्रा वितरण

रविन नाथले धनगढीमा सञ्चालनमा ल्याए ‘खुसी सुदूरपश्चिम एजुकेशनल कन्सल्टेन्सी’

कालिका माध्यमिक विद्यालय नेत्रपानीको ३८ औँ वार्षिक उत्सव तथा संस्थापकको शालिक अनावरण भव्य रूपमा सम्पन्न

संघर्षबाट सफलताको शिखरसम्म : प्रेरणादायी व्यक्तित्व महेन्द्र प्याकुरेल

पहिले थुने, पछि सुन्ने ? व्यवसायी दीपक भट्टको हिरासतबारे कानुनी बहस चर्किँदै

प्रधानमन्त्री कार्यालयबाट बोलेको’ भन्दै वडा सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ

दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको दोस्रो चरण अघि बढाउन सांसद पोखरेलको आग्रह

फेल विद्यार्थी पास गराउन दबाब आएको भन्दै शिक्षकको राजीनामा