वैशाख १३ देखि दैलेखको पञ्चकोशी क्षेत्रमा धार्मिक पर्यटन मेला सञ्चालन हुने

कमल शाही। दैलेखमा दैलेखको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पञ्चकोशी क्षेत्रअन्तर्गत पर्ने नाबिस्थानमा पञ्चकोशी धार्मिक पर्यटन मेला सञ्चालन हुने भएको छ। कर्णाली प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा परिचित यस क्षेत्रमा आगामी २०८३ साल वैशाख १३ गतेदेखि एक सातासम्म मेला आयोजना गरिने भएको हो।

__________ विज्ञापन____________

पञ्चकोशी क्षेत्र विकास संस्थाको आयोजनामा सञ्चालन हुने उक्त मेलालाई धार्मिक आस्था, सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धनसँग जोडेर विशेष रूपमा सञ्चालन गरिने जनाइएको छ। मेलाको तयारी तथा कार्यक्रमबारे जानकारी दिन आज दैलेखमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले विस्तृत जानकारी सार्वजनिक गरेको हो।

__________ विज्ञापन____________

पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष नबिन कुमार योगीले पञ्चकोशी क्षेत्र कर्णाली प्रदेशकै धार्मिक पहिचान बोकेको महत्वपूर्ण स्थल भएकाले यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो। उहाँले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो।

__________ विज्ञापन____________

मेलाको अवसरमा पञ्चकोशी क्षेत्रअन्तर्गतका प्रमुख धार्मिक स्थलहरू— श्रीस्थान, नाबिस्थान, पादुका, धुलेश्वर र तल्लोडुङ्गेश्वर लगायतका तीर्थस्थलहरूको समग्र भ्रमण गराउने व्यवस्था मिलाइने आयोजकले जनाएको छ।

यसैगरी मेलामा धार्मिक अनुष्ठान, पूजाआजा, भजन–कीर्तन, सांस्कृतिक कार्यक्रम, स्थानीय कला–संस्कृतिको प्रदर्शन तथा कृषि, हस्तकला र स्थानीय उत्पादनहरूको प्रदर्शनीसमेत आकर्षणका रूपमा रहनेछन्।

आयोजकका अनुसार मेलाले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्र सुदृढ बनाउन, रोजगारी सिर्जना गर्न तथा ओझेलमा परेका सांस्कृतिक परम्पराहरूको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पत्रकार सम्मेलनमा दैलेख जिल्लामा क्रियाशील विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो। मेलाको सफल आयोजनाका लागि स्थानीय तह, सरोकारवाला निकाय तथा समुदायको सहकार्य आवश्यक रहेको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

दैलेखको पाल्तमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत २५ महिलालाई बाख्रा वितरण

रविन नाथले धनगढीमा सञ्चालनमा ल्याए ‘खुसी सुदूरपश्चिम एजुकेशनल कन्सल्टेन्सी’

कालिका माध्यमिक विद्यालय नेत्रपानीको ३८ औँ वार्षिक उत्सव तथा संस्थापकको शालिक अनावरण भव्य रूपमा सम्पन्न

संघर्षबाट सफलताको शिखरसम्म : प्रेरणादायी व्यक्तित्व महेन्द्र प्याकुरेल

पहिले थुने, पछि सुन्ने ? व्यवसायी दीपक भट्टको हिरासतबारे कानुनी बहस चर्किँदै

प्रधानमन्त्री कार्यालयबाट बोलेको’ भन्दै वडा सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ

दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको दोस्रो चरण अघि बढाउन सांसद पोखरेलको आग्रह

फेल विद्यार्थी पास गराउन दबाब आएको भन्दै शिक्षकको राजीनामा