दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास पुष्टि

कमल दैलेख । दैलेखको भैरवी गाउँपालिका–१ स्थीत जलजले क्षेत्रमा प्राकृतिक ग्यासको बिशाल भण्डारण रहेको पुष्टि भएको छ । चीनको चाइना जिअलजिकल कम्पनीले नेपाल सरकारलाई बुझाएको प्रारम्भिक प्रतिवेदन अनुसार करिब ८० अर्ब ७० करोड घनमिटर ग्यास पुष्टि भए संगै व्यवसायिक परीक्षणको बाटो खुलेको हो ।
सन्२०१९ देखि अध्ययन गरिरहेको चाइना जिओलोजिकल सर्भेको प्रारम्भिक अध्ययनले नेपाललाई ५० देखि ६० वर्ष पुग्ने प्राकृतिक ग्यास रहेको देखाएको थियो । नेपालको खानी विभाग र चिनियाँ जिअलजिकल सर्भेबिच भएको सहमतिका आधारमा अन्वेषणका निम्ति ‘सिबु ड्रिलिङ इन्जिनियरिङ’ नामक चिनियाँ कम्पनीलाई जिम्मा दिईएको थियो ।

__________ विज्ञापन____________

विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पु¥याइएको खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काले बताउनुभयो । उहाँले चिनियाँ कम्पनीले प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको अन्तिम प्रतिवेदन अनुसार ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास रहेको जानकारी गराएको बताउनुभयो । सम्झौता बमोजिम पहिलो चरणको काम सकेर चिनियाँ कम्पनीले अन्तिम प्रतिवेदन पठाए पनि त्यसलाई औपचारिक रूपमा बुझाउन बाँकी रहेको छ । चीनको प्राविधिक टोलीले बुझाएको अन्तिम प्रतिवेदन माथि थप अध्ययन भइरहेको विभागका प्रवक्ता खड्काको भनाई छ ।

__________ विज्ञापन____________

नेपाल सरकार र चीन सरकारबिच २०१९ मा भएको जिटुजी सम्झौतापछि काम सुरु गरिएको थियो । नेपाल सरकारले दैलेखको जलजले क्षेत्रमा४५ रोपनी सरकारी जग्गा अन्वेषण प्रयोजनका लागि छुट्याएर परियोजना सञ्चालन गरिएको थियो ।
यसअघि प्रारम्भिक प्रतिवेदनमा जलजलेमा१अर्ब १२ अर्ब घन मिटरसम्म ग्यासको भण्डारण भएकारहेको पुष्टि गरिएको थियो । पछिल्लो थप परीक्षणले ८० अर्ब ७० करोड घनमिटर खनिज ग्यास रहेको थाहा भएको हो । चीन सरकारको अनुदानमा दुई अर्ब १७ करोड रुपियाँ लागतमा छ वर्ष लगाएर सो अध्ययन गरिएको थियो।

__________ विज्ञापन____________

तत्कालीन प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणमा गएका बेला दैलेख सहितका नेपालका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने चीनसँग सहमति भएको थियो ।सहमतिअनुसार खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चीनको जिओलोजिकल सर्भे कम्पनीबीच २ अर्ब ५५ करोडको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम खानी अन्वेषण गर्ने सम्झौता भएको थियो । सन् २०१९ देखि अध्ययन गरिरहेको चाइना जिओलोजिकल सर्भेको प्रारम्भिक अध्ययनले नेपाललाई ५० देखि ६० वर्ष पुग्ने प्राकृतिक ग्यास रहेको देखाएको थियो । नेपालमा विसं २०७२ मा संविधान जारी गरेपछि भारतले लगाएको नाकाबन्दीले मुलुकभर इन्धन संकट सिर्जना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

बर्दगोरिया–२ बौनियामा लागुऔषधसहित दुई जना पक्राउ

चुनाव प्रचारका लागि ४ दल र ४५४ उम्मेदवारले मात्रै खोले बैंक खाता

दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु, दुई जना पक्राउ

धनगढीमा विशेषज्ञ सेवासहित केयरटेकर अस्पताल खुल्याे, अध्यक्ष शाहीले गरे यस्ता प्रतिबद्वता

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई

दैलेख मा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु