दैलेख मा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी गणेशबहादुर बरालका अनुसार आक्रमणबाट बिष्टको शरीरमा गहिरो चोट लागी अत्यधिक रक्तश्राव भएको र उपचारका लागि लैजान नपाउँदै घटनास्थलमै मृत्यु भएको हो ।

__________ विज्ञापन____________

डीएसपी बरालका अनुसार दैलेखमा पछिल्लो समय बँधेलको आक्रमणका घटनाहरू दिनदिनै बढ्दै गएका छन् । दुई हप्ता अघि मात्रै भैरवी गाउँपालिकामै बँदेलको आक्रमणबाट एक जनाको ज्यान गएको थियो भने आठबिस नगरपालिकामा पनि एक व्यक्ति घाइते भएका थिए।

__________ विज्ञापन____________

स्थानीयका अनुसार बँदेलको निरन्तर आतंकले ग्रामीण बस्ती त्रसित बनेका छन्। खेतबारीमा काम गर्न र दैनिकी सञ्चालन गर्नसमेत कठिन बन्दै गएको उनीहरूको गुनासो छ। तर, यति गम्भीर अवस्था हुँदासमेत जिल्ला सुरक्षा समिति तथा सम्बन्धित निकायबाट प्रभावकारी कदम नचालिएको भन्दै स्थानीयले असन्तोष व्यक्त गरेका छन्।

__________ विज्ञापन____________

बँदेलको बढ्दो आक्रमण नियन्त्रणका लागि तत्काल दीर्घकालीन र प्रभावकारी योजना आवश्यक रहेको स्थानीयको माग छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

बर्दगोरिया–२ बौनियामा लागुऔषधसहित दुई जना पक्राउ

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास पुष्टि

चुनाव प्रचारका लागि ४ दल र ४५४ उम्मेदवारले मात्रै खोले बैंक खाता

दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु, दुई जना पक्राउ

धनगढीमा विशेषज्ञ सेवासहित केयरटेकर अस्पताल खुल्याे, अध्यक्ष शाहीले गरे यस्ता प्रतिबद्वता

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई