कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

कैलालीमा एक भारतीय नागरिकले १५ वर्षीया नाबालिग बालिकामाथि जबरजस्ती प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

__________ विज्ञापन____________

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्य अन्तर्गत लखिमपुर तिकुनिया घर भई हाल कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा बसोबास गर्दै आएका ५३ वर्षीय साहिद अली रहेका छन्।

__________ विज्ञापन____________

शनिबार साँझ इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

__________ विज्ञापन____________

प्रहरीका अनुसार साहिद अलीले ती बालिकालाई राजकुला सामुदायिक वन क्षेत्रको जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको थियो। सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

हावाहुरीसहितको असिना पानीबाट चामुण्डाविन्द्रासैनीमा क्षति, स्थलगत अनुगमन

बर्दगोरिया गाउँपालिकाको १७औँ गाउँ सभा सम्पन्न, पुँजीगत तर्फ ४० र चालुतर्फ ४५ प्रतिशत बजेट खर्च

दैलेखमा ठेक्का सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु

कर्णाली खेलकुद परिषदमा नयाँ नियुक्ति : सदस्य सचिवमा रवीन्द्र चन्द

KBM School का कक्षा १० का विद्यार्थीलाई भावुक बिदाइ, उज्ज्वल भविष्यको कामना

घोडाघोडी–१० तुल्सीपुरमा युवा सम्मेलन सम्पन्न, समाज परिवर्तनका लागि महत्वपूर्ण निर्णय

पहिलो पटक प्रादेशिक नारी सन्त समागम आयोजना हुँदै,

जानकी गाउँपालिकामा सेवक नेपालको समावेशी परियोजना अन्तर्गत संयुक्त अनुगमन सम्पन्न