दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु, दुई जना पक्राउ

कमल शाही । दैलेखको दुल्लू नगरपालिका–४ शान्तिबजारका १६ वर्षीय प्रकाश खनालको चक्कु प्रहारबाट मृत्यु भएको छ।

__________ विज्ञापन____________

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार फुटबल खेलेर घर फर्किँदै गरेका खनालमाथि दाहिने कोखाबाट पेटतर्फ निस्कने गरी चक्कु प्रहार गरिएको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल दुल्लू अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी गणेशबहादुर बरालले जानकारी दिनुभयो।

__________ विज्ञापन____________

घटनामा संलग्न रहेको आरोपमा दुल्लू नगरपालिका–१० गमौडीका १९ वर्षीय मुकुन्द शाही र १९ वर्षीय विभूषण शाहीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई घटनास्थलबाट करिब १० किलोमिटर टाढा चामुण्डाको जंगल क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

__________ विज्ञापन____________

प्रारम्भिक अनुसन्धानअनुसार एउटै किशोरीलाई मन पराउने विषयमा विवाद हुँदा घटना भएको हुन सक्ने आशंका गरिएको छ। प्रत्यक्षदर्शीका अनुसार कुनै पूर्वचेतावनी वा प्रत्यक्ष विवादबिनै पछाडिबाट एक्कासी चक्कु प्रहार गरिएको थियो।घटनापछि दुल्लू क्षेत्र स्तब्ध र शोकमग्न बनेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

बर्दगोरिया–२ बौनियामा लागुऔषधसहित दुई जना पक्राउ

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास पुष्टि

चुनाव प्रचारका लागि ४ दल र ४५४ उम्मेदवारले मात्रै खोले बैंक खाता

धनगढीमा विशेषज्ञ सेवासहित केयरटेकर अस्पताल खुल्याे, अध्यक्ष शाहीले गरे यस्ता प्रतिबद्वता

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई

दैलेख मा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु