जंगली बँदेलको आक्रमणबाट घाइतेको उद्धार

कमल शाही। दैलेखको आठबीस नगरपालिका -८ का दीपेन्द्र बडुवाल बँदेलको आक्रमणबाट घाइते हुनुभएको । घाइते भएका बडुवाललाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत पठाएको हो ।

__________ विज्ञापन____________

आफ्नै गाउँबाट तिलेपाटा जाँदै गरेका उनलाई बाटोमै बँदेलले आक्रमण गर्दा उनको हात र शरीरका धेरै स्थानमा घाउ देखिएको छ ।

__________ विज्ञापन____________

आठबीस नगरपालिका उपप्रमुख कल्पना थापाले बडुवालको अवस्था गम्भीर भएकाले पालिकाको सहयोगमा थप उपचारका लागि सुर्खेत पठाएको बताउनुभयो। मंगलबार बिहान करिब १०ः३० बजेको समयमा घरबाट तिलेपाटा जाँदै गर्दा आठबिस–८ स्थित उकाली मोडमा बडुवालमाथि जंगली बँदेलले एक्कासी आक्रमण गरेको थियो ।

__________ विज्ञापन____________

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

बर्दगोरिया–२ बौनियामा लागुऔषधसहित दुई जना पक्राउ

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास पुष्टि

चुनाव प्रचारका लागि ४ दल र ४५४ उम्मेदवारले मात्रै खोले बैंक खाता

दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु, दुई जना पक्राउ

धनगढीमा विशेषज्ञ सेवासहित केयरटेकर अस्पताल खुल्याे, अध्यक्ष शाहीले गरे यस्ता प्रतिबद्वता

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई