सिर्जनसिल ग्रामीण बिधुत सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा सम्पन्न

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको सिर्जनसिल ग्रामीण बिधुत सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

सहकारी संस्थाका अध्यक्ष दिल बहादुर सापकोटाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो ।

__________ विज्ञापन____________

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सहकारी संस्थाहरुले राम्रो गर्दै गएको बताउदै पालिका बाट सहकारीलाई हुने सहयोग केही कारणले गर्न सकिएको छैन तर फरक केही प्रस्ताव आए संस्थालाई सहयोग गर्ने बताउनु भयो ।

सहकारी संस्थाका उपाध्यक्ष गोबिन्द डागिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष देवानन्द जैशी, कालिका आमा समुहका अध्यक्ष शाबित्रा सापकोटा , डफ युवा क्लबका अध्यक्ष घनश्याम कुँवरले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सहकारी संस्थाले निवर्तमान अध्यक्ष देवानन्द जैशी लाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरेको थियो ।

लेखा समिति संयोजक मेघराज सापकोटाले आर्थिक बर्ष २०८१/०८२ को ५७ लाख, ५१ हजार बराबरको आय व्यय प्रस्तुत गर्नु भएको थियो ।

यसैगरी सहकारीले नियमित बिजुली बिल भुक्तानी गर्ने आफ्ना शेयर सदस्यहरुलाई प्रत्येक टोलका २ जनालाई गोला प्रथाबाट टर्च लाईट र खादाले सम्मान गरेको थियो ।

सहकारी संस्थाले आगामी आर्थिक बर्षका लागि सहकारी शिक्षा , नयाँ ट्रान्सफरमर खरिद तथा जडान लगाएतका प्रस्ताव पारित गर्दै कार्यक्रम सम्पन्न गरेको थियो ।

कार्यक्रममा पुर्व अध्यक्ष भक्तराज आचार्य ,सुशील शाही, मुडा बजार बिकास समितीका अध्यक्ष मगना चौधरी , जुनकिरी नेपालका अध्यक्ष अपेक्षा रोकाया, समाजसेवी लक्ष्मण सापकोटा , संस्थाका पुर्व उपाध्यक्ष शिवराज सापकोटा ,लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो ।कार्यक्रमको संचालन सचिब लाल बहादुर बि क ले गर्नु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

बर्दगोरिया–२ बौनियामा लागुऔषधसहित दुई जना पक्राउ

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास पुष्टि

चुनाव प्रचारका लागि ४ दल र ४५४ उम्मेदवारले मात्रै खोले बैंक खाता

दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु, दुई जना पक्राउ

धनगढीमा विशेषज्ञ सेवासहित केयरटेकर अस्पताल खुल्याे, अध्यक्ष शाहीले गरे यस्ता प्रतिबद्वता

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई