सुन्तलामा आत्मनिर्भर बनाउने किसान सहकारीको अभियान
कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले डोटीको जोरायल गाउँपालिकामा व्यवसायिक सुन्तला खेती सम्बन्धि तालिम शुरु गरेको छ ।सहकारीले सुन्तलाको पकेट क्षेत्रका रुपमा रहेको जोरायल गाउँपालिकामा रहेका अफ्ना ४५ जना कृषक सदस्यलाई व्यवसायिक सुन्तला उत्पादन सम्बन्धि २ दिने तालिमको आयोजना गरेको हो ।
परम्परागत रुपमा सुन्तला खेती गर्दै आएका सदस्यहरुको क्षमता अभिवृद्धि गरि  व्यवसायिक सुन्तला कृषक बनाई सदस्यको आय–आर्जन बढाउने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले बताउनु भयो ।
तालिमबाट कृषक सदस्यले सुन्तला रोप्ने देखी बजारीकरण सम्मको सैद्धान्तिक ज्ञान हाँसिल गर्न सक्ने तालिमका प्रशिक्षक कृषि विकास प्रमूख प्रदीप साउँदले बताउनु भयो । “सहभागीहरुलाई सैद्धान्तिक ज्ञान सँग–सँगै सुन्तलाबारीमा लगेर व्यवहारिक प्रशिक्षण समेत दिने छौ ।” – प्रशिक्षक साउँदले बताउनु भयो ।
विहिबार तालिमको उद्घाटन समारोहमा बोल्दै सहकारीका जोरायल शाखा प्रमूख किरण कुमरी चौधरीले सदस्यलाई आत्मनिर्भर बनाउँने अभियान यस तालिम मार्फतसञ्चालन भएको बताउनुभयो । उक्त समारोहमा उपस्थित कृषि प्राविधिक राम सिंह बोहराले तालिमबाट सुन्तला उत्पादन तथा स्थानियको आम्दानी बृद्धिहुने अपेक्षा गर्दै सहकारीलाई धन्यवाद व्यक्त गर्नुभयो । उद्घाटन समारोह संस्थाका विभागिय प्रमूख भोजराज भट्टराईको अध्यक्षतामा भएको हो ।
२०५२ सालमा कैलालीको लम्कीमा स्थापना भएको किसान बहुउद्देश्यीय सहकारी संस्था नेपालकै अग्रणी सहकारी संस्था हो । हाल संस्थाले ३ वटा व्यवसायीक युनीट मार्फत सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेशमा रहेका झण्डै ९३ हजार सदस्यलाई सेवा दिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

वैशाख १३ देखि दैलेखको पञ्चकोशी क्षेत्रमा धार्मिक पर्यटन मेला सञ्चालन हुने

कृष्ण बटालाले विद्यार्थीका लागि निःशुल्क बस सेवा, स्ववियुद्वारा धन्यवाद

कैलाली जिल्ला संगीतकर्मी संघको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, दीपेन्द्र ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

किसान बहुउद्देश्यीय सहकारीद्वारा मृतक परिवारलाई ३ लाख ४६ हजार सहयोग

अवैध शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने सरकारको चेतावनी

हावाहुरीसहितको असिना पानीबाट चामुण्डाविन्द्रासैनीमा क्षति, स्थलगत अनुगमन

बर्दगोरिया गाउँपालिकाको १७औँ गाउँ सभा सम्पन्न, पुँजीगत तर्फ ४० र चालुतर्फ ४५ प्रतिशत बजेट खर्च

दैलेखमा ठेक्का सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु