बर्दगोरिया गाउँपालिकाको १७औँ गाउँ सभा सम्पन्न, पुँजीगत तर्फ ४० र चालुतर्फ ४५ प्रतिशत बजेट खर्च

कैलालीको बर्दगोरिया गाउँपालिकाको १७औँ गाउँ सभा सम्पन्न बिहीबार भएको छ । गाउँ सभा मार्फत आर्थिक वर्ष २०८२÷०८३ को फागुन मसान्त सम्मको वित्तीय प्रगति सार्वजनिक, कार्यपालिका बैठकमा भएका निर्णय अनुमोदन, विधेयक तथा कानुन पारित र संशोधन तथा बजेट संशोधन र रकमान्तरका विषयमा पनि छलफल गरी पारित गरिएको छ ।

__________ विज्ञापन____________

 

__________ विज्ञापन____________

गाउँपालिकाको हाल सम्म कुल अनुमानित बजेटको ४९.०५ प्रतिशत रकम प्राप्त गरेको छ । कुल ७७ करोड १९ लाख बजेट मध्ये हाल सम्म ३७ करोड ८६ लाख ४० हजार रुपैयाँ प्राप्त भएको गाउँ सभा मार्फत जानकारी दिइएको छ । चालु खर्चको अनुमानित बजेट ३८ करोड ९४ लाख ४७ हजार मध्ये १७ करोड ७१ लाख ९७ हजार रुपैयाँ खर्च भएको छ । जुन अनुमानित रकमको ४५.४९ प्रतिशत खर्च हो । यस्तै पुँजीगत अनुमानित ३८ करोड २४ लाख ५३ हजार बजेट मध्ये १५ करोड ५६ लाख ६४ हजार रुपैयाँ खर्च भएको छ । जुन पुँजीगत तर्फ अनुमानित रकमको ४०.७० प्रतिशत हो ।

__________ विज्ञापन____________

 

सङ्घीय सरकारबाट आउने प्रस्तावित कुल आय ५२ करोड २७ लाख मध्ये हाल सम्म २३ करोड ५९ लाख ६२ हजार रुपैयाँ प्राप्त गाउँपालिकालाई भएको छ । जुन अनुमानित बजेटको ४५.१४ प्रतिशत रकम हो । यस्तै प्रदेश सरकारबाट प्रस्तावित कुल आय ५ करोड ७० लाख ४७ हजार मध्ये हाल सम्म गाउँपालिकाले २५.७३ प्रतिशत अर्थात् १ करोड ४६ लाख ८१ हजार बजेट प्राप्त भएको छ । राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुमानित बजेट १० करोड ९८ लाख ९९ हजार मध्ये हाल सम्म ५ करोड ७८ लाख ४६ हजार रुपैयाँ गाउँपालिकाले प्राप्त गरेको छ । जुन अनुमानित बजेटको ५२.६४ प्रतिशत हुन आउँछ । ८ करोड २२ लाख ५३ हजार आन्तरिक श्रोत सङ्कलन गर्ने लक्ष्य राखेको गाउँपालिकाले हाल सम्म ३३.९३ प्रतिशत अर्थात् २ करोड ७९ लाख ८ हजार रुपैयाँ सङ्कलन भएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

दैलेखमा ठेक्का सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु

कर्णाली खेलकुद परिषदमा नयाँ नियुक्ति : सदस्य सचिवमा रवीन्द्र चन्द

KBM School का कक्षा १० का विद्यार्थीलाई भावुक बिदाइ, उज्ज्वल भविष्यको कामना

घोडाघोडी–१० तुल्सीपुरमा युवा सम्मेलन सम्पन्न, समाज परिवर्तनका लागि महत्वपूर्ण निर्णय

पहिलो पटक प्रादेशिक नारी सन्त समागम आयोजना हुँदै,

जानकी गाउँपालिकामा सेवक नेपालको समावेशी परियोजना अन्तर्गत संयुक्त अनुगमन सम्पन्न

दैलेखमा हाइस दुर्घटना, एक जना घाइते

बर्दगोरियामा ट्याक्टरको ठक्कर,बाट घाइते महिलाको उपचारको क्रममा मृत्यु