किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम
कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले पढ्दै कमाउँदै  कार्यक्रम शुरु गरेको छ ।
संस्थाले स्थानिय सामुदायिक विद्यालयमा अध्यनरत आर्थिक रुपमा विपन्न समुदायका छात्रछात्रालाई विद्यालयको सिफारिसमा कुखुराका चल्लाहरु वितरण गरि यो कार्यक्रम शुरु गरेको हो ।
संस्थाले पहिलो चरणमा स्थानिय सरस्वती मा.वि. र नवज्योती मा.वि.मा अध्ययनरत २० जना विपन्न परिवारका विद्यार्थीलाई प्रति विद्यार्थी ५ वटाका दरले न्यू हिमशिखर र अष्ट्रेलियन लोकल जातका कुखुराका चल्ला वितरण गरेको छ । विद्यार्थिको व्यवसायिक सिप विकास गर्दै परिवारको आयआर्जनमा टेवा पुर्याउनुका साथै अभिभावकलाई व्यवसायीक कुखुरापालन तर्फ आकर्षित गर्ने संस्थाको योजना रहेको छ । भविष्यमा विद्यार्थि अथवा अभिभावकले व्यवसायिक कुखुरापालन गर्न चाहेमा संस्थाबाट आवश्यक पुँजी, प्रविधि उपलब्ध गराउने र व्यवसायिक क्षमता अभिवृद्धी गरिदिने संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले बताउनु भएको छ ।
संस्थाले दुईवटा विद्यालयका विद्यार्थीहरुलाई कुखुरा चल्ला वितरणका लागि छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सहकारी संस्थाका सञ्चालक समिति सदस्य सरोज कुमार शाह, मनिराम न्यौपाने, महाप्रबन्धक डम्बर बहादुर शाह, वडा सदस्य बुधराम चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  खडकराज भाटले चल्लाहरु वितराण गर्नुभयो ।
विद्यालयका प्रध्यानाध्यापक दीपक भण्डारीले सुदुरपश्चिममै पहिलो पटक किसान बहुउद्देश्यीय सहकारी संस्थाले विद्यार्थी लक्षित पढ्दै कमाउँदै कार्यक्रम शुरु गरेकोमा खुशी व्यक्त गर्नुभयो । वडा सदस्य बुधराम चौधरीले सहकारी संस्थाबाट सञ्चालन भईरहेका गरिब तथा विपन्न लक्षित कार्यक्रमहरुले समुदायमा आशा जगाएको भन्दै सहकारी संस्थाले आगामी दिनमा समेत समुदायमुखी कार्यक्रमहरुलाई  निरन्तरता दिने अपेक्षा गर्नुभयो ।
वि.सं. २०५२ सालमा स्थापना भएको संस्थाले वित्तिय, कृषि र मार्ट गरि ३ वटा व्यवसायीक युनीटहरुमार्फत आप्mना सदस्यलाई सेवा दिदै आएको छ । सुदरपश्चिम प्रदेश र लुम्बीनी प्रदेशको राजापुर न.पा. कार्यक्षेत्र रहेको संस्थामा ९३ हजार भन्दा बढी शेयर सदस्य रहेका छन् । संस्थाको कुल कारोबार ७ अर्ब २० करोड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

बर्दगोरिया–२ बौनियामा लागुऔषधसहित दुई जना पक्राउ

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास पुष्टि

चुनाव प्रचारका लागि ४ दल र ४५४ उम्मेदवारले मात्रै खोले बैंक खाता

दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु, दुई जना पक्राउ

धनगढीमा विशेषज्ञ सेवासहित केयरटेकर अस्पताल खुल्याे, अध्यक्ष शाहीले गरे यस्ता प्रतिबद्वता

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई