थिरेन्द्र बडुवाल : कैलालीको बर्दगोरिया गाउँपालिका १ र ४ जोड्ने काँडा नदी पुल नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से ७ प ८१६५ नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

__________ विज्ञापन____________
उक्त मोटरसाइकल अनियन्त्रित भई पुलको डिभाइडरमा ठक्कर खाँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सडकपुर बौनियाका प्रहरी निरीक्षक डम्बर बिष्टले जानकारी दिएका छन्।
__________ विज्ञापन____________
दुर्घटना हुनेमा घोडाघोडी नगरपालिका ११ का विशाल कठरिया र रिता कठरिया गम्भीर घाइते भएका छन् भने घाइतेको उपचार धनगढीमा रहेको माया मेट्रो हस्पिटलमा भइरहेको छ।
भिजिटर संख्या : 350