सिटिजन लाईफ इन्स्योरेन्स बौनिया ले घोडाघोडी ३ का शंकर डंगौरा लाई ३ लाख १० हजार पूर्ण अशक्तता लाभ दाबी भुक्तानी प्रदान

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बौनिया शाखा द्धारा घोडाघोडी नगरपालिका वडा न ३ बस्ने शंकर डगौरा थारुकी आमा राज देवी डगौरा थारुलाई घरमै पुगी रु ३,१०,०००/- बराबर पूर्ण अशक्तता लाभ दाबी भुक्तानी प्रदान गरेको छ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

यस कार्यक्रममा घोडाघोडी न.पा ३ का वडा अध्यक्ष कृष्ण प्रसाद गौतम, सिटिजन लाईफ इन्स्योरेन्स टिकापुर एरियाका क्षेत्रीय प्रमुख सुरज काफ्ले, बौनिया शाखा प्रमुख खड्ग सि गडसिला, सुखड शाखा प्रमुख भगवती शाही , एजेन्सी म्यानेजरहरू लगायत भलमान्स ज्ञानु देवी चौधरी सहित स्थानीय हरुको सहभागिता थियो।

__________ विज्ञापन____________

वि. स २०७९ साल कार्तिक १० गते एजेन्सी म्यानेजर गिता कुमारी डगौराले (तीन लाख दस हजार)को बीमा गराई दिनु भएको थियो तर वि.स २०८२ साल जेठ २२ मोटरसाइकल दुर्घटना भई गम्भीर घाइते शंकर डगौरा थारु अहिले पूर्ण रुपमा अशक्त हुनुहुन्छ। उक्त कार्यक्रममा वडा अध्यक्ष गौतमले शंकर डगौरा थारु को स्वास्थ्य लाभको कामना सहित सम्पूर्णलाई क्षमता अनुसार जीवन बीमा गर्न आग्रह गर्नुभयो।

त्यसै गरी क्षेत्रीय प्रमुखले पनि बीमाको महत्त्व सँगै पूर्ण अशक्तता लाभ दाबी भुक्तानी रु ३१०,०००/- दिए पश्चात पनि बीमा चालु रही रहने, बार्षिक बीमाशुल्क तिर्नु नपर्ने र प्रत्येक महिना मासिक खर्च रु ३१००/- पाउने जानकारी दिनुभयो ।

अन्तमा शंकर डगौरा थारुकी आमाले बीमा दुःखमा राहत भएको बताउनुभयो,र दाबी भुक्तानीमा सहज वातावरण बनाई दिएकोमा सिटिजन लाईफ इन्स्योरेन्स लाई धन्यबाद दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई

दैलेख मा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बर्दगोरियामा अवैध लागू औषध खैरो हिरोइन सहित एक जना पक्राउ

जंगली बँदेलको आक्रमणबाट घाइतेको उद्धार

जगदम्बिके भगवती मा.वि. को ४४ औँ अभिभावक दिवस तथा दोस्रो वार्षिक उत्सव सम्पन्न

सिर्जनसिल ग्रामीण बिधुत सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा सम्पन्न