लम्कि मानवसेवा आश्रमका ११ जना बालबालिकालाई मोडेल करिश्मा शाही ठकुरीको सहयोग

लामो जाडोयाम सुरु भएसँगै चिसोको प्रभाव बालबालिका तथा आश्रितहरूमा बढ्दै गएको समयमा लम्की मानवसेवा आश्रमका बालबालिकालाई सहयोग प्रदान गरिएको छ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

लम्कीचुहा नगरपालिका–स्थित आश्रममा आश्रय लिइरहेका ११ जना बालबालिकालाई विद्यालयमा लगाउने न्यानो ज्याकेट चर्चित मोडेल करिश्मा शाही ठकुरीले सहयोग गर्नुभएको हो।

__________ विज्ञापन____________

उहाँको तर्फबाट उपलब्ध गराइएको सो सहयोग पत्रकार क्षितिज जैसीमार्फत आश्रममा हस्तान्तरण गरिएको थियो। सहयोग स्वीकार गर्दै पत्रकार जैसीले जाडोयाममा न्यानो कपडाको आवश्यकता धेरै हुने बताउँदै कलाकार शाही ठकुरीप्रति आभार व्यक्त गर्नुभयो।

सहयोगबाट उत्साहित आश्रम परिवारले समाजमा रहेका सम्भावनाशील व्यक्तिहरूले मानवीय सेवामा हात बढाउनु सकारात्मक प्रेरणा भएको प्रतिक्रिया दिएका छन्। यस कार्यले कलाकारले पनि सामाजिक सेवा क्षेत्रमा सक्रिय भूमिका खेल्न सक्छन् र समुदायको लागि काम गर्न सकिन्छ भन्ने सन्देश दिएको छ।

१९ वर्षीय विनोद थापाद्वारा सञ्चालन हुँदै आएको लम्की मानवसेवा आश्रममा हाल ११ जना बालबालिका र २४ जना विभिन्न व्यक्तित्वहरू आश्रय लिएर बसिरहेका छन्। आश्रमले असहाय, बेसहारा तथा सहयोगको खाँचोमा रहेका व्यक्तिहरूलाई वर्षौंदेखि आश्रय तथा हेरचाह गर्दै आएको छ।

स्थानीयस्तरमा प्राप्त यस्ता सहयोगले बालबालिकामा आत्मविश्वास बढ्नका साथै जाडोयाममा तातो रहन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

बर्दगोरिया–२ बौनियामा लागुऔषधसहित दुई जना पक्राउ

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास पुष्टि

चुनाव प्रचारका लागि ४ दल र ४५४ उम्मेदवारले मात्रै खोले बैंक खाता

दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु, दुई जना पक्राउ

धनगढीमा विशेषज्ञ सेवासहित केयरटेकर अस्पताल खुल्याे, अध्यक्ष शाहीले गरे यस्ता प्रतिबद्वता

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई