एमाले चुनावः शुरू भयो मतदान -बफादार मिडिया

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले गरेको विद्युतीय मतदान सफल भएपछि प्रतिनिधिहरुलाई पनि मतदानका लागि भित्र पठाइएको हो ।

__________ विज्ञापन____________

मतदानस्थलमा अध्यक्षका उम्मदेवार केपी शर्मा ओली आइपुगेपछि मतदान शुरु भएको हो । अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल भने बिहानै आएर मतदातासँग मत मागिरहेका थिए ।

__________ विज्ञापन____________

हिजै बिहान १० बजे मतदान शुरु हुने सुरुवाती तालिका भए पनि समय सर्दै अबेर राति ९ बजे तय भएको थियो । तर, उम्मेदवारको संशोधित सूचीका कारण विद्युतीय मतदान मेसिनमा प्रविष्ट गर्न ढिलाइ र फन्ट सपोर्ट नगरेको कारण आज बिहानलाई सारिएको हो ।

__________ विज्ञापन____________

३०१ सदस्यीय केन्द्रीय कमिटी चयनको छिनोफानो गर्न २ हजार २ सय ६३ प्रतिनिधि भृकुटीमण्डपमा भेला भएका छन् । केही सदस्य भने निर्विरोध भइसकेका छन् ।

मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन राखिएको छ । एकजनालाई भोट हाल्न ३५ देखि ४० मिनेटसम्म लाग्ने बताइएको छ । निर्वाचन आयोगले एक पटकमा ५० जनालाई मतदानको व्यवस्था गरेको छ । महिला र पुरुषको एउटै लाइन बनाइएको छ ।

केपी शर्मा ओली र ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानल बनाएर चुनावमा होमिएका छन् ।

केन्द्रीय निर्वाचन आयोगको विवरणअनुसार ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे मैदानमा छन् ।

३ उपमहासचिव पदका लागि ७ जना र ९ सचिव पदका लागि २० जनाको उम्मेदवारीदर्ता भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

बर्दगोरिया–२ बौनियामा लागुऔषधसहित दुई जना पक्राउ

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास पुष्टि

चुनाव प्रचारका लागि ४ दल र ४५४ उम्मेदवारले मात्रै खोले बैंक खाता

दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु, दुई जना पक्राउ

धनगढीमा विशेषज्ञ सेवासहित केयरटेकर अस्पताल खुल्याे, अध्यक्ष शाहीले गरे यस्ता प्रतिबद्वता

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई