काठमाडौँ — जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाह पक्राउ

जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहलाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको छ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

सुशीला कार्कीले सत्ता कु गरेको दिन (भाद्र २७) लाई जेन्जी विद्रोहको लागि कालो दिन का रूपमा स्मरण गर्दै कार्तिक २७ गते माइतीघरमा सांकेतिक विरोध गर्न गएका विजय शाहलगायत कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो।

__________ विज्ञापन____________

भाद्र २७ गते सुशीला कार्की नेतृत्वको सरकारले सत्ता कु गरेर जेन्जी विद्रोहलाई अपहरण गरेको आरोप लगाउँदै शाहले सांकेतिक प्रदर्शन गरेका थिए।

शान्तिपूर्ण रूपमा विरोधमा उभिएका शाह र उनका सहकर्मीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा लगेको बताइएको छ।

जेन्जी मुभमेन्ट नेपालले यस घटनालाई अभिव्यक्तिको अधिकारमाथिको दमन भन्दै तत्काल रिहाइको माग गरेको छ।

“तुरुन्तै रिहाइ गरियोस्, सत्ता कु गरेर जेन्जी विद्रोहलाई अपहरण गर्नेहरूले हेक्का राखून्,”

भन्दै सह–संयोजक चन्द्र जोशीले चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

KBM स्कूलद्वारा वार्षिक परीक्षाको नतिजा सार्वजनिक

लम्कीमा परीक्षार्थीलाई निःशुल्क बस सेवा, Panas Deep E.M School प्रति आभार

बर्दगोरिया–१ स्थित द सनराइज माध्यमिक विद्यालयको BLE नतिजा उत्कृष्ट

वैशाख १३ देखि दैलेखको पञ्चकोशी क्षेत्रमा धार्मिक पर्यटन मेला सञ्चालन हुने

कृष्ण बटालाले विद्यार्थीका लागि निःशुल्क बस सेवा, स्ववियुद्वारा धन्यवाद

कैलाली जिल्ला संगीतकर्मी संघको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, दीपेन्द्र ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

किसान बहुउद्देश्यीय सहकारीद्वारा मृतक परिवारलाई ३ लाख ४६ हजार सहयोग

अवैध शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने सरकारको चेतावनी