कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. ४ स्थित प्रस्तावित कोटागडी को खेलमैदानमा जारी रहेको दोस्रो बर्दगोरिया फुटबल प्रतियोगिता २०८२ मा फाईनल वडा नं. १ को आयोजक विरुद्ध ३ वीच आज बेलुका ४ बजे हुने प्रतियोगिताका संयोजक जनक शाहीले बफादार मिडिया लाई जानकारी दिएका छन् ।
बर्दगोरिया गाउँपालिका मा रहेका ६ ओटा वडा बाट १२ ओटा टिमको सहभागि रहेको थियो । जसमा बर्दगोरिया गाउँपालिका वडा नं. २ र ३ वटा कुनै पनि टिमको सहभागी रहेको थिएन भने बर्दगोरिया गाउँपालिका वडा नं. १ बाट ५ टिम, वडा नं. ३ बाट २ वटा टिम, वडा नं. ४ बाट ५ वटा टिम र वडा नं. ५ बाट १ गरि १२ ओटा टिमको सहभागि रहेको थियो ।
दशैँ को अवसरमा सञ्चालन गरिएको खेल असोज १० गते बाट सुरु गरिएको थियो भने आज १४ गते सम्पन्न हुने भएको छ । प्रतियोगितामा विजेता टिमलाई खसी रहेको छ भने उपविजेता टिम लाई बोका रहेको छ ।
भिजिटर संख्या : 307