बर्दगोरिया गाउँपालिका स्तरीय डान्स च्याम्पियनसिप सिजन १ आयोजना हुन लागेको छ। उक्त च्याम्पियनसिप बफादार मिडिया प्रा.लि.को आयोजना तथा सहयोगी बेलुवा युवा क्लबको सहआयोजनामा सञ्चालन हुने छ। च्याम्पियनसिप सफल बनाउन प्रथम पुरस्कार लम्की चुहा नगरपालिका वडा नं. १ मा अवस्थित हाम्रो पाठशाला का संचालक एबम प्रिन्सिपल कृष्ण बटाला द्वारा प्रायोजन गरिएको छ।
च्याम्पियनसिपमा प्रदान गरिने पुरस्कारहरू प्रथम पुरस्कार नगद रु. २०,०००, म्युजिक भिडियो निर्माण तथा ट्रफी,द्धितीय पुरस्कार नगद रु. १५,००० र ट्रफी तृतीय पुरस्कार – नगद रु. १०,००० र ट्रफी आयोजकहरूले जनसमुदाय, संघ–संस्था तथा व्यक्तिगत सहयोगकर्ताहरूलाई सहयोगका लागि आमन्त्रण गरेका छन्। इच्छुक व्यक्तिले सम्पर्क गरी सहयोग गर्न सकिने छ। अधिक जानकारीका लागि आयोजकसँग सम्पर्क गर्नुहोस्
__________ विज्ञापन____________
भिजिटर संख्या : 183