लम्की बाल सञ्जालको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लम्की बाल सञ्जालको आयोजना र सेवक नेपालको सहकार्यमा विजया दशमीको अवसरमा अन्तर-विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता लम्की जेसिज सभाहलमा सम्पन्न भएको छ। प्रतियोगितामा लम्कीचुहा नगरपालिकाभित्रका ११ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

कार्यक्रम लम्की बाल सञ्जालका अध्यक्ष क्षितिज जैसीको सभाध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नम्बर १ का वडा सदस्य सिद्धराज तिमिल्सिना रहनु भएको कार्यक्रममा सेवक नेपालकी प्रतिनिधि निरुता चौधरी, हाम्रो पाठशालाका प्रिन्सिपल तथा समाजसेवी कृष्ण बटाला लगायतको विशिष्ट उपस्थिति रहेको थियो।

__________ विज्ञापन____________

त्यसैगरी कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, समाजसेवी, बुद्धिजीवी, वडा नम्बर ५ का वडा सचिव विष्णुकान्त प्याकुरेल, लम्की बाल सञ्जाल कैलालीका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तिमिल्सिनाले यस्ता प्रतियोगिताले विद्यार्थीको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै लम्कीचुहामा मात्र नभई देशभर यस्ता कार्यक्रमलाई विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

त्यस्तै, विशिष्ट अतिथि हाम्रो पाठशाला का सस्थापक एबम प्रिन्सिपल कृष्ण बटालाले संस्थाले गरेको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम गर्न शुभकामना दिनुभयो।

वक्तृत्वकला प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय भुरुवाका छात्र प्रकाश न्यौपाने प्रथम, बालकल्याण माध्यमिक विद्यालय भुरुवा कि छात्रा पुष्पा बडुवाल दोस्रो, राष्ट्रिय माध्यमिक विद्यालय बल्चौरका छात्र कौशल जोशी तेस्रो तथा जनसेवा माध्यमिक विद्यालयकी छात्रा यमुना धमाला सान्त्वना (चौथो) भएका थिए। उनीहरूलाई प्रमाणपत्र, मेडल र शैक्षिक सामग्री वितरण गरी सम्मान गरिएको थियो।

प्रतियोगिताको निर्णायक मण्डल संयोजकमा लोकेश खनाल र सदस्यमा राजेन्द्र भण्डारी रहेका थिए।

सभाध्यक्ष क्षितिज जैसीले यसपटक वक्तृत्वकला प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै भविष्यमा अझ राम्रो कार्यक्रम गर्ने र विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। साथै, सहकार्य गर्ने सेवक नेपाललाई धन्यवाद पनि दिनुभयो।

लम्की बाल सञ्जालका सचिव यशोदा जैसीको स्वागत मन्तव्यसँग सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सदस्य कमल प्याकुरेले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

जोशीपुर जेसीज द्धारा पत्रकार खेमराज जोशी सम्मानित

दैलेखका सबै ९० वडामा विद्युत सेवा विस्तार सम्पन्न

बाजुराको बुढीगंगा नगरपालिकाको भवन निर्माणमा भ्रष्टाचार, पूर्वमेयर शाहसहित १४ जनाविरुद्ध मुद्दा

बर्दगोरिया १ र ४ जोड्ने मुडा पुल मा दुर्घटना, दुई जना घाइते

दैलेखमा १५ शय्याको नगर अस्पताल सञ्चालनको तयारी

बर्दगोरिया ६ मा रामजानकी भक्तिनिया डाँडा अस्थान तिर्थ  माघी मेला २०८२ हुने

विप्लवद्वारा अगाडि सारिएको सर्वपक्षीय सरकार निर्माणमा जेनजी मुभमेन्ट नेपालको साथ

सिटिजन लाईफ इन्स्योरेन्स बौनिया ले घोडाघोडी ३ का शंकर डंगौरा लाई ३ लाख १० हजार पूर्ण अशक्तता लाभ दाबी भुक्तानी प्रदान