पर्वतीय पर्यटनमा पिएचडी गरिरहेका गुरुङ एनएमएको अध्यक्षका उम्मेदवार

काठमाडौँ ७ भदौ । नेपालको पर्वतीय पर्यटनमा मलेसियाको लिङ्कन विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका कुलबहादुर गुरुङ नेपाल पर्वतारोहण सङ्घको अध्यक्षको उम्मेदवार बन्नुभएको छ ।

__________ विज्ञापन____________

तीन दशकभन्दा लामो समय नेपालको पर्वतीय पर्यटनमा क्रियाशिल धादिङ रुवीभ्यालीका गुरुङ भोलि (भदौ ७) गते हुन लागेको सङ्घको चुनावमा अध्यक्षका उम्मेदवार बन्नुभएको हो ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

‘हिमाल हाम्रो गौरव नेतृत्व हाम्रो पहिचान ! सशक्त संघ दिगो पर्वतीय पर्यटन !’, नारा लिएर चुनावी मैदानमा उत्रिएका गुरुङले बिहिबार एलिस रिसेप्सनमा भव्य कार्यक्रम आयोजना गर्नुभएको छ ।

कार्यक्रममा गुरुङले आफ्नो समूहलाई मतदाताले सहयोग गर्ने निश्चित भएकाले चुनाव पनि आफ्नै समूहले जित्ने निश्चित भएको बताउनुभयो उहाँले आफ्नो समूहमा पर्यटन क्षेत्रमा लामो समयदेखि रहेर काम गरेका अनुभवी र सक्षम व्यक्ति उम्मेदवार भएको भन्दै कार्यक्रममा सबै उम्मेदवारहरुको बारेमा छोटकरीमा परिचित गराउनुभएको थियो ।

गुरुङ समूहको नेतृत्वमा तयार भएको आरोही, समावेशी र व्यवसायी उम्मेदवारहरु समेतले आफूहरुलाई मतदान गर्न उपस्थित मतदाताहरुलाई आग्रह गर्नुभएको थियो । नेपालको पर्वतीय पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन सफल गुरुङ सन् १९९२ देखि पर्यटन क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

एनएमएको सफल महासचिव भएर काम गरिसकेका गुरुङ ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)मा उपाध्यक्ष समेत भइसक्नुभएको छ । विश्व पर्वतारोहण महासंघलगायत अन्य थुप्रै पर्यटन संस्थाहरूमा समेत संलग्न गुरुङको परिचय व्यवसायीको रुपमा मात्र सिमित छैन, उनी बौद्धिक एवं प्राज्ञिक व्यक्तित्वको रुपमा पनि परिचित हुनुहुन्छ ।

नेपालको पर्वतीय पर्यटनको विषयमा मलेसियाको लिङ्कन विश्वविद्यालयबाट विद्यावारिधि गर्दै गरेका गुरुङ शिक्षण, प्रशिक्षण तथा तालिमकर्ता पनि हुनुहुन्छ । उहाँ किवानियन र रोटरियन पनि हुनुहुन्छ । किवानेश इन्टरनेशनल नेपालको नेपालभरिकै एक मात्र मास्टर ट्रेनर गुरुङले पब्लिक स्पिकिङ, मोटिभेशनल स्पिकर, इन्स्पिरेशनल स्पिकर तथा लाइफ कोचको रुपमा पनि काम गर्दै आएका छन् । गुरुङले पर्वतीय पर्यटन क्षेत्रको विकासको लागि सुत्रबद्ध रुपमा एजेन्डाहरुलाई अगाडी सार्नुभएको छ ।

उहाँले हाल विद्यमान आरोहण फोहोर धरौटी रकम फिर्ता गर्ने प्रणाली र फोहोर व्यवस्थापन सम्बन्धी वास्तविक, व्यवहारिक, प्रभावकारी र दिगो व्यवस्थापन कार्यमा जोड दिइने बताउनुभयो ।

ग्रीन गाइडलाइन कडाइका साथ पालना गर्न उचित पहल गरीने, जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय जगतलाई सन्देश दिने र जलवायु कूटनीतिमा नेपालको नेतृत्वकारी भूमिका सुनिश्चित गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहल गरीने उहाँले बताउनुभयो ।

 

गुरुङले हिमालसँग सम्बन्धित स्थानीय उत्पादन, सेवा र जनशक्तिलाई प्राथमिकता दिइने, अफ–सिजन र कम परिचित शिखरहरूको प्रवद्र्धन गरेर पर्यटन लाभको समान वितरण सुनिश्चित लागू गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिनेछ, गाईड, शेर्पा र उच्च हिमाली श्रमिकका लागि तालिम, बीमा, स्वास्थ्य, कानूनी सहयोग र सामाजिक सुरक्षा सुनिश्चित गर्न प्रस्ताव तयार गरी कार्यान्वयन गर्न लाग्ने उल्लेख गर्नुभयो ।

यसैगरी, हिमाल आरोहणका क्रममा दिवंगत श्रमिकका परिवारका लागि विशेष पेन्सन, अक्षयकोष, छात्रवृत्ति, व्यावसायिक तालिम र आयस्रोतमुखी सीप विकासको कार्यक्रम लागू गर्न पहल गरिने बताउनुभयो ।

पर्वतारोहण तालिम प्रतिष्ठान र अनुसन्धान केन्द्र स्थापना गरिने, मनाङ पर्वतारोहण तालिम विद्यालय, अन्नपूर्ण उद्धार केन्द्र र ककनी अन्तर्राष्ट्रिय पर्वतारोहण स्मृति पार्कको स्तरोन्नति गरिने बताइएको छ ।

यस्तै, अन्य हिमाली क्षेत्रमा नयाँ तालिम तथा उद्धार केन्द्र स्थापना गर्न पहल गरिने, महिला पर्वतारोहण पहल, युवाका लागि अन्तर्राष्ट्रिय छात्रवृत्ति र विशेष सीप विकास कार्यक्रम सञ्चालन गरिने, प्रदेश र स्थानीय सरकार तथा स्थानीय सरोकारवालासँग सहकार्य गरेर पूर्वाधार विकास र तालिम कार्यक्रम सञ्चालन गरिने गुरुङले बताउनुभयो ।

उहाँले नेपालका हिमाललाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्दै प्रचार–प्रसार गर्ने र वार्षिक रुपमा अन्तर्राष्ट्रिय हिमाल महोत्सव आयोजना गर्ने बताउनुभयो । गुरुङ समूहको वरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्धितीय उपाध्यक्षमा धनबहादुर गुरुङ र महासचिवमा विमलकुमार नहर्कीले उम्मेदवारी दिनुभएको छ । यसैगरी, सचिवमा डिमा दिकी शेर्पा, कोषाध्यक्षमा सुमी लामाले उम्मेदवारी दिनुभएको हो ।

सदस्यमा पुस्कर शाह, बलबहादुर सुयल, माधवप्रसाद पाण्डे, हरिगोपाल प्रधान, सुदांश लामा, लालबहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा, पासाङ शेर्पा र अशोककुमार तामाङले उम्मेदवारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

बर्दगोरिया–२ बौनियामा लागुऔषधसहित दुई जना पक्राउ

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास पुष्टि

चुनाव प्रचारका लागि ४ दल र ४५४ उम्मेदवारले मात्रै खोले बैंक खाता

दैलेखमा चक्कु प्रहारबाट १६ वर्षीय किशोरको मृत्यु, दुई जना पक्राउ

धनगढीमा विशेषज्ञ सेवासहित केयरटेकर अस्पताल खुल्याे, अध्यक्ष शाहीले गरे यस्ता प्रतिबद्वता

तेस्रो पटक लगातार जितेपछि बसन्त मुरारीले कब्जा गर्यो राष्ट्रपति रनिङ्ग शिल्ड

कैलालीमा भारतीय नागरिकद्वारा नाबालिग बालिकामाथि जबरजस्ती प्रयासमा आरोप, आरोपी पक्राउ

तेस्रो आशिष स्मृति फुटबल कप–२०८२ को उपाधि नोवेल मावि बर्दगोरियालाई