जानकी गाउँपालिकामा अट्वारी र अनट्टाको अवसरमा सुभकमना आदन्प्रदान कार्यक्रम सम्पन्न

कैलालीको जानकी गाउँपालिकामा थारू समुदायको महत्त्वपूर्ण पर्व अट्वारी र अनट्टाको अवसरमा सुभकमना आदन्प्रदान कार्यक्रम सम्पन्न भएको छ।

__________ विज्ञापन____________

 अटवारी पर्वको महत्त्व र स्थानीय संस्कृतिको संरक्षणलाई मध्यनजर गर्दै गाउँपालिकाले शुभकामना आदानप्रदानका साथै अट्वारी पर्वमा पूजा गरिने भीमको शक्तिको प्रतीकका रूपमा सट्पुट प्रतियोगिता सञ्चालन गरेको हो ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

गाउँपालिकाको प्राङ्गणमा आयोजित यस कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका पदाधिकारी, कर्मचारी, सञ्चारकर्मी र आम गाउँवासीको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख उद्देश्य थारू संस्कृतिको जगेर्ना एवम् नयाँ पुस्तामा यसको महत्त्व हस्तान्तरण गर्नु रहेको गाउँपालिकाका अध्यक्ष गणेश चौधरीलेक बताएका छन्।

सट्पुट प्रतियोगितामा युवाको उत्साहजनक सहभागिता सट्पुट प्रतियोगितामा गाउँपालिकाका नौवटै वडाका महिला तथा पुरुष खेलाडीहरूले उत्साहपूर्वक भाग लिएका थिए। प्रतियोगितामा सहभागीहरूले आफ्नो शारीरिक बल र कौशलको प्रदर्शन गरे।

पुरुषतर्फ प्रथम स्थान जानकी–९ का करण थापा, द्वितीय स्थानमा जानकी–१ का विनोद शर्मा, तथा तृतीय स्थान जानकी–४ का बलम चौधरीले गरेका हुन् । त्यसै गरि महिलातर्फ प्रथम स्थानमा जानकी–९ की भगवती भाट, द्वितीय जानकी–३ की अनित्रा चौधरी, एवम् तृतीय स्थान जानकी–३ की अनिका चौधरीले हासिल गरेकी हुन् ।

प्रतियोगितामा विजेताहरूलाई आकर्षक पुरस्कारसहित सम्मान गरिएको थियो। भने यस प्रतियोगितालाई सफल बनाउन जानकी–७, मोती मा.वि. का प्रधानाध्यापक श्री दिपक कुमार दास र जानकी–६, बालज्योति मा.वि. का प्रधानाध्यापक श्री भोजराज चौधरीले प्राविधिक सहयोग प्रदान गर्नुभएको थियो। कार्यक्रममा जानकी गाउँपालिकाका कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

यस्ता कार्यक्रमले थारू समुदायको गौरवमय संस्कृतिलाई थप उचाइमा पुर्याउनुका साथै सामाजिक सद्भाव र एकता बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

KBM स्कूलद्वारा वार्षिक परीक्षाको नतिजा सार्वजनिक

लम्कीमा परीक्षार्थीलाई निःशुल्क बस सेवा, Panas Deep E.M School प्रति आभार

बर्दगोरिया–१ स्थित द सनराइज माध्यमिक विद्यालयको BLE नतिजा उत्कृष्ट

वैशाख १३ देखि दैलेखको पञ्चकोशी क्षेत्रमा धार्मिक पर्यटन मेला सञ्चालन हुने

कृष्ण बटालाले विद्यार्थीका लागि निःशुल्क बस सेवा, स्ववियुद्वारा धन्यवाद

कैलाली जिल्ला संगीतकर्मी संघको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, दीपेन्द्र ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

किसान बहुउद्देश्यीय सहकारीद्वारा मृतक परिवारलाई ३ लाख ४६ हजार सहयोग

अवैध शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने सरकारको चेतावनी