मंसिर २३, बाैनिया
बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसकाे आयाेजनामा कैलाली जिल्लाकाे बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ काेटागढि खेलमैदानमा जारी कैलाली जिल्ला व्यापि छात्र तथा छात्रा बिद्यालय स्तरिय फुटबल प्रतियोगिता २०८१ मा आज पाँच खेल हुने भएका छन् ।
आयाेजक बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसका अध्यक्ष प्रमाेद मल्लले दिएको जानकारी अनुसार पहिलो खेलमा बिहान ८ बजे जगदम्बिके भगवती माध्यमिक बिद्यालय रानिकुण्डा र महुन्याल माध्यमिक बिद्यालय बास्काेटि बिच प्रतिस्पर्धा हुदा दाेस्राे खेलमा बिहान ९:३० बजे आदर्श सामुदायिक बिद्या मन्दिर बाैनिया र माउन्ट सैपाल इन्टरनेशनल स्कुल टिकापुर बिच प्रतिस्पर्धा हुनेछ त्यस्तै दिनको तेस्रो खेलमा बिहान ११ बजे पायाेनियर्स स्कुल लम्कि र कृष्ण माध्यमिक बिद्यालय बाघमारा बिच प्रतिस्पर्धामा हुदा दिनको चाैथाे खेलमा जगदम्बिके भगवती माध्यमिक बिद्यालय रानिकुण्डा र बसन्त मुरारी नमुना माध्यमिक बिद्यालय बाैनिया बिच दिउँसो १ बजे प्रतिस्पर्धा हुदा दिनको अन्तिम खेलमा दिउँसो २:३० बजे नव बाल बाटिका बिद्या मन्दिर बाैनिया र युनाइटेड स्कुल टिकापुर प्रतिस्पर्धा गर्नेछन् । आज हुने खेलहरुमा बिहान ८ बजे र दिउसो २:३० बजे छात्रहरुकाे खेल हुदा बाकी तिनवटा खेलहरु बिहान ९:३० ,११ र १ बजेका खेलहरु छात्रा रहनेछन् ।
पुस ४ गतेसम्म सञ्चालन हुने प्रतियाेगितामा जिल्ला भित्रका सामुदायिक र संस्थागत गरि ३२ छात्र र १६ छात्राका टिम सहभागी रहेका छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५१ हजार, ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार स्वरूप प्राप्त गर्ने छ । यस्तै द्धितिय हुने टिमले नगद रु. ३१ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा प्रतियोगिताको उत्कृष्ट खेलाडीले पुरस्कार स्वरुप नगद रु ५ हजार ५ सय प्राप्त गर्नेछन्।
यस्तै प्रतियोगितामा सबै भन्दा बढी गोल गर्ने खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गाेल रक्षक, उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडी हरुले समेत पुरस्कार स्वरुप नगद रु. ३ हजार १ सय रुपैयाँ प्राप्त प्रतियोगिता संयाेजक प्रमाेद मल्लले जानकारी दिनु भएको छ ।
यस्तै प्रतियोगिताको दोस्रो चरणका खेलहरुमा प्लेयर अफ द म्याच हुने खेलाडी लाई नगद रु. ५ सय रुपैयाँ प्रदान गरिने भएको छ । सम्पूर्ण पुरस्कार हरु छात्र तथा छात्रा दुवै बिधामा प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।