बिद्यालय स्तरिय फुटबल प्रतियोगिता जारि,आज पाँच खेल हुने

मंसिर २३, बाैनिया

__________ विज्ञापन____________

बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसकाे आयाेजनामा कैलाली जिल्लाकाे बर्दगाेरिया गाउपालिका वडा नम्बर ४ काेटागढि खेलमैदानमा जारी कैलाली जिल्ला व्यापि छात्र तथा छात्रा बिद्यालय स्तरिय फुटबल प्रतियोगिता २०८१ मा आज पाँच खेल हुने भएका छन् ।

__________ विज्ञापन____________

आयाेजक बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसका अध्यक्ष प्रमाेद मल्लले दिएको जानकारी अनुसार पहिलो खेलमा बिहान ८ बजे जगदम्बिके भगवती माध्यमिक बिद्यालय रानिकुण्डा र महुन्याल माध्यमिक बिद्यालय बास्काेटि बिच प्रतिस्पर्धा हुदा दाेस्राे खेलमा बिहान ९:३० बजे आदर्श सामुदायिक बिद्या मन्दिर बाैनिया र माउन्ट सैपाल इन्टरनेशनल स्कुल टिकापुर बिच प्रतिस्पर्धा हुनेछ त्यस्तै दिनको तेस्रो खेलमा बिहान ११ बजे पायाेनियर्स स्कुल लम्कि र कृष्ण माध्यमिक बिद्यालय बाघमारा बिच प्रतिस्पर्धामा हुदा दिनको चाैथाे खेलमा जगदम्बिके भगवती माध्यमिक बिद्यालय रानिकुण्डा र बसन्त मुरारी नमुना माध्यमिक बिद्यालय बाैनिया बिच दिउँसो १ बजे प्रतिस्पर्धा हुदा दिनको अन्तिम खेलमा दिउँसो २:३० बजे नव बाल बाटिका बिद्या मन्दिर बाैनिया र युनाइटेड स्कुल टिकापुर प्रतिस्पर्धा गर्नेछन् । आज हुने खेलहरुमा बिहान ८ बजे र दिउसो २:३० बजे छात्रहरुकाे खेल हुदा बाकी तिनवटा खेलहरु बिहान ९:३० ,११ र १ बजेका खेलहरु छात्रा रहनेछन् ।

__________ विज्ञापन____________

पुस ४ गतेसम्म सञ्चालन हुने प्रतियाेगितामा जिल्ला भित्रका सामुदायिक र संस्थागत गरि ३२ छात्र र १६ छात्राका टिम सहभागी रहेका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५१ हजार, ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार स्वरूप प्राप्त गर्ने छ । यस्तै द्धितिय हुने टिमले नगद रु. ३१ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा प्रतियोगिताको उत्कृष्ट खेलाडीले पुरस्कार स्वरुप नगद रु ५ हजार ५ सय प्राप्त गर्नेछन्।

यस्तै प्रतियोगितामा सबै भन्दा बढी गोल गर्ने खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गाेल रक्षक, उत्कृष्ट प्रशिक्षक र उदयमान खेलाडी हरुले समेत पुरस्कार स्वरुप नगद रु. ३ हजार १ सय रुपैयाँ प्राप्त प्रतियोगिता संयाेजक प्रमाेद मल्लले जानकारी दिनु भएको छ ।

यस्तै प्रतियोगिताको दोस्रो चरणका खेलहरुमा प्लेयर अफ द म्याच हुने खेलाडी लाई नगद रु. ५ सय रुपैयाँ प्रदान गरिने भएको छ । सम्पूर्ण पुरस्कार हरु छात्र तथा छात्रा दुवै बिधामा प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

दैलेखमा ४४.५४% मतदान, दुईवटै क्षेत्रमा शान्तिपूर्ण रूपमा सम्पन्न

यो र्याली हेर्दा मलाई सबै समुदायकाले साथ सपोर्ट दिए : बिजय बहादुर स्वार

दैलेखमा ट्रिपर दुर्घटना: सल्यानका २७ वर्षीय चालकको मृत्यु

दैलेख क्षेत्र नं. २ मा १०४ मतदान अधिकृतलाई तालिम

कैलाली–२ मा मतदाता शिक्षा कार्यक्रम तीव्र, विजय बहादुर स्वाँरको पक्षमा माहोल सिर्जना

त्रिशूलीमा खस्यो बस : १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते

बर्दगोरिया मन्दिर चोकमा लागूऔषधसहित दुई जना पक्राउ,

निर्वाचित भएपछि हरेक तीन महिनामा जनतामाँझ फर्किनेछु ढुगांना