किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदद्वयलाई बधाई तथा शुभकामना प्रदान गरेको छ।

संस्थाले प्रत्यक्षतर्फबाट निर्वाचित माननीय केपी खनाल तथा समानुपातिकतर्फबाट निर्वाचित माननीय प्रेम बहादुर वयक को सम्मानमा “बधाई, शुभकामना तथा अन्तरक्रिया कार्यक्रम” आयोजना गरेको हो।

संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाह को सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी, महाप्रबन्धक, विभागीय प्रमुख, कर्मचारी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै सहभागीहरूले नवनिर्वाचित सांसदद्वयलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहकारी क्षेत्रको विकास, जनसरोकारका विषय तथा आर्थिक समृद्धिका लागि सहकार्य आवश्यक रहेको बताएका थिए।

कार्यक्रमका अवसरमा सहकारी संस्था र निर्वाचित जनप्रतिनिधिबीच आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

संस्थाले नवनिर्वाचित सांसदद्वयलाई हार्दिक बधाई ज्ञापन गर्दै जनताको अपेक्षाअनुसार सफल कार्यकालको शुभकामना व्यक्त गरेको जनाएको छ।



