कैलालीको घोडाघोडी नगरपालिका–१०, पहलमानपुर मा रहेको कलम बम मेमोरियल इङ्लिस स्कुल मा नयाँ शैक्षिक सत्रलाई प्रभावकारी बनाउने उद्देश्यले सप्ताहव्यापी शिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ।

__________ विज्ञापन____________
शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्यसहित सञ्चालन गरिएको प्रशिक्षणमा अनुभवी प्रशिक्षक हिरा केसीले सहजीकरण गरिरहनुभएको छ।
__________ विज्ञापन____________

प्रशिक्षणमा आधुनिक शिक्षण पद्धति, विद्यार्थी केन्द्रित सिकाइ, कक्षाकोठा व्यवस्थापन, मूल्याङ्कन प्रणाली तथा प्रविधिको प्रभावकारी प्रयोगलगायत विषयमा व्यवहारिक प्रशिक्षण दिइँदैछ।

यस कार्यक्रमले शिक्षकहरूलाई समयानुकूल ज्ञान र सीप प्रदान गर्दै विद्यालयको शैक्षिक उपलब्धि सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको विद्यालयका प्रिन्सिपल तथा संस्थापक युवराज बम ले जानकारी दिनुभयो।

भिजिटर संख्या : 31