दैलेखमा बैशाख १३ देखि पञ्चकोशी धार्मिक पर्यटन मेला हुँदै

कमल शाही। दैलेखमा यही बैशाख १३ गतेदेखि १९ गतेसम्म पञ्चकोशी धार्मिक पर्यटन मेला आयोजना हुने भएको छ। पञ्चकोशी क्षेत्र विकास संस्था दैलेख को आयोजनामा तथा दैलेखी सेवा समाज सुर्खेत को सहजीकरणमा मेला सञ्चालन हुन लागेको हो।

__________ विज्ञापन____________

विहीबार आयोजित पत्रकार सम्मेलनमार्फत मेलाबारे जानकारी दिँदै संस्थाका अध्यक्ष नविन योगी ले दैलेखका स्थानीय तह तथा विभिन्न दातृ निकायबाट संकलित रकमबाट मेलाको सञ्चालन तथा व्यवस्थापन गरिने बताए। उनले मेलाबाट संकलित रकम पञ्चकोशी क्षेत्रको ऐतिहासिक अभिलेख तयार गर्न प्रयोग गरिने जानकारी दिए।

__________ विज्ञापन____________

मेलाको मुख्य आकर्षणका रूपमा मेला अवधिभर स्कन्दपुराण वाचन गरिनेछ। यसका लागि २१ वर्षीया वाचिकालाई आमन्त्रण गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ।
यसैगरी, मेलामार्फत दैलेखको जलजले क्षेत्र मा भइरहेको पेट्रोलियम अन्वेषण कार्यलाई सफल बनाउँदै उत्खनन कार्य तत्काल सुरु गर्न सरकारलाई दबाब दिने उद्देश्य समेत राखिएको छ।

__________ विज्ञापन____________

आयोजकका अनुसार उक्त क्षेत्रमा रहेको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्वलाई संरक्षण गर्दै उत्खनन प्रक्रिया अघि बढाइनु आवश्यक रहेको छ। संस्थाका सचिव बखतबहादुर नेपाली ले नेपाल भारत नागरिक मैत्री संस्था सँगको समन्वयमा मेलामा भारतीय पर्यटक भित्र्याउने तयारी भइरहेको जानकारी दिए।

त्यस्तै, देवकुमार बिसी, अध्यक्ष, दैलेखी सेवा समाज सुर्खेतले पञ्चकोशी क्षेत्र दैलेख जिल्लामात्र नभई कर्णाली प्रदेश र समग्र देशकै गौरव भएकाले यसको पूर्वाधार विकास तथा पर्यटन प्रवर्द्धनमा सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

मरेको ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दुई बालकको ज्यान गयो

लम्कीचुहामा हाईस र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

बर्दगोरियामा ३१० मिलिग्राम हिरोइनसहित दुई युवा पक्राउ

बर्दगोरियामा ३१० मिलिग्राम हिरोइनसहित दुई युवा पक्

KBM स्कूलद्वारा वार्षिक परीक्षाको नतिजा सार्वजनिक

लम्कीमा परीक्षार्थीलाई निःशुल्क बस सेवा, Panas Deep E.M School प्रति आभार

बर्दगोरिया–१ स्थित द सनराइज माध्यमिक विद्यालयको BLE नतिजा उत्कृष्ट

वैशाख १३ देखि दैलेखको पञ्चकोशी क्षेत्रमा धार्मिक पर्यटन मेला सञ्चालन हुने