बर्दगोरिया — लम्कीचुहा नगरपालिका अन्तर्गत पूर्व–पश्चिम राजमार्गको गुलारा क्षेत्रमा हाईस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
मंगलबार साँझ करिब सवा ६ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु.प.प्र ०१००१ ज १४२१ नम्बरको हाईस र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र ०१०१३ प ५१३९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका–८ बस्ने ३३ वर्षीय गगन राना र २४ वर्षीय पुष्प सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलाली का प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्।
__________ विज्ञापन____________
गम्भीर घाइते अवस्थामा रहेका दुवै जनालाई उपचारका लागि बर्दगोरिया अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
__________ विज्ञापन____________
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भिजिटर संख्या : 115