बर्दगोरियामा ३१० मिलिग्राम हिरोइनसहित दुई युवा पक्राउ

 

__________ विज्ञापन____________

कैलाली — बर्दगोरिया गाउँपालिका वडा नं. १ टिन बजार क्षेत्रबाट प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ।

__________ विज्ञापन____________

पक्राउ पर्नेमा भजनी नगरपालिका–६ बस्ने २३ वर्षीय अभिषेक चौधरी र २१ वर्षीय श्रवणकुमार चौधरी रहेका छन्। उनीहरूको साथबाट करिब ३१० मिलिग्राम हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

__________ विज्ञापन____________

इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

पछिल्लो समय यस क्षेत्रमा लागुऔषध प्रयोग तथा कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ पर्ने क्रम बढ्दो रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

लम्कीचुहामा हाईस र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

बर्दगोरियामा ३१० मिलिग्राम हिरोइनसहित दुई युवा पक्

KBM स्कूलद्वारा वार्षिक परीक्षाको नतिजा सार्वजनिक

लम्कीमा परीक्षार्थीलाई निःशुल्क बस सेवा, Panas Deep E.M School प्रति आभार

बर्दगोरिया–१ स्थित द सनराइज माध्यमिक विद्यालयको BLE नतिजा उत्कृष्ट

वैशाख १३ देखि दैलेखको पञ्चकोशी क्षेत्रमा धार्मिक पर्यटन मेला सञ्चालन हुने

कृष्ण बटालाले विद्यार्थीका लागि निःशुल्क बस सेवा, स्ववियुद्वारा धन्यवाद

कैलाली जिल्ला संगीतकर्मी संघको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, दीपेन्द्र ओलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन