KBM School का कक्षा १० का विद्यार्थीलाई भावुक बिदाइ, उज्ज्वल भविष्यको कामना

घोडाघोडी नगरपालिका वडा नम्बर १०, पलमानपुरस्थित कलम बम मेमोरियल इङ्लिस स्कुलमा शैक्षिक सत्र २०८२ का कक्षा१० का विद्यार्थीहरूलाई आज एक कार्यक्रमका बीच बिदाइ गरिएको छ।

__________ विज्ञापन____________

बिदाइ कार्यक्रम भावुक वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यार्थीहरूले विद्यालयमा बिताएका वर्षहरूका सम्झनाहरू साटासाट गर्दै शिक्षक तथा साथीहरूसँग विदाइ भएका थिए।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

विद्यालयका संस्थापक तथा प्रिन्सिपल युवराज बमले विद्यार्थीहरूको मेहनत, अनुशासन र लगनशीलताको प्रशंसा गर्दै उनीहरूले विद्यालयको गौरव बढाएको बताएका छन्। उनले आजको बिदाइ अन्त्य नभई उज्ज्वल भविष्यतर्फको नयाँ सुरुवात भएको उल्लेख गर्दै आगामी दिनमा सफलता हासिल गर्न शुभकामना व्यक्त गरे।

कार्यक्रममा अन्य शिक्षकहरूले पनि विद्यार्थीहरूको सफल भविष्यको कामना गर्दै जीवनका हरेक क्षेत्रमा आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिएका थिए। जहाँ पुगे पनि विद्यालयको नाम उज्यालो बनाउँदै अघि बढ्न आग्रह गरिएको थियो।

विद्यालय परिवारले आगामी दिनमा विद्यार्थीहरूको सफलताको खबर सुन्न आतुर रहेको जनाउँदै आउँदै गरेको SEE परीक्षाका लागि हार्दिक शुभकामना व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

कर्णाली खेलकुद परिषदमा नयाँ नियुक्ति : सदस्य सचिवमा रवीन्द्र चन्द

घोडाघोडी–१० तुल्सीपुरमा युवा सम्मेलन सम्पन्न, समाज परिवर्तनका लागि महत्वपूर्ण निर्णय

पहिलो पटक प्रादेशिक नारी सन्त समागम आयोजना हुँदै,

जानकी गाउँपालिकामा सेवक नेपालको समावेशी परियोजना अन्तर्गत संयुक्त अनुगमन सम्पन्न

दैलेखमा हाइस दुर्घटना, एक जना घाइते

बर्दगोरियामा ट्याक्टरको ठक्कर,बाट घाइते महिलाको उपचारको क्रममा मृत्यु

कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने

एनएमबि लघुवित्त वित्तीय संस्था लि.द्धारा सहाराघरलाई खाद्यन्न सहयोग