पहिलो पटक प्रादेशिक नारी सन्त समागम आयोजना हुँदै,

कैलाली, — अध्यात्म र समाजसेवामा क्रियाशील सन्त निरंकारी मण्डल नेपाल ले नेपालमै पहिलो पटक प्रादेशिक नारी सन्त समागम आयोजना गर्ने भएको छ।

__________ विज्ञापन____________

आगामी चैत १३ गते सुदूरपश्चिम प्रदेशको बौनियाँ, कैलालीबाट सुरु हुने उक्त समागम कर्णाली, मधेश र कोशी प्रदेशमा फरक–फरक मितिमा सञ्चालन गरिने आयोजकले जनाएको छ। यसबारे बौनियाँमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

__________ विज्ञापन____________

समागममार्फत मिशनको आध्यात्मिक विचारधारालाई जनस्तरसम्म पुर्‍याउने तथा नारी शक्तिमार्फत समाजमा शान्ति, सद्भाव र एकताको सन्देश फैलाउने उद्देश्य राखिएको छ। आयोजकका अनुसार कार्यक्रमले नारी सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

__________ विज्ञापन____________

समागममा आध्यात्मिक प्रवचन, भजन–कीर्तन तथा नारी सशक्तिकरणसम्बन्धी विविध विषयमा छलफल गरिनेछ। कार्यक्रममा सुदूरपश्चिम, कर्णाली, मधेश र कोशी प्रदेशका हजारौं श्रद्धालु तथा जिज्ञासुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

सन्त निरंकारी मण्डल नेपालका अनुसार उक्त समागमले समाजमा विद्यमान जाति, धर्म र नस्लका विभाजनलाई कम गर्दै मानवतालाई एकताको सूत्रमा बाँध्ने लक्ष्य लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

दैलेखमा ठेक्का सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु

कर्णाली खेलकुद परिषदमा नयाँ नियुक्ति : सदस्य सचिवमा रवीन्द्र चन्द

KBM School का कक्षा १० का विद्यार्थीलाई भावुक बिदाइ, उज्ज्वल भविष्यको कामना

घोडाघोडी–१० तुल्सीपुरमा युवा सम्मेलन सम्पन्न, समाज परिवर्तनका लागि महत्वपूर्ण निर्णय

जानकी गाउँपालिकामा सेवक नेपालको समावेशी परियोजना अन्तर्गत संयुक्त अनुगमन सम्पन्न

दैलेखमा हाइस दुर्घटना, एक जना घाइते

बर्दगोरियामा ट्याक्टरको ठक्कर,बाट घाइते महिलाको उपचारको क्रममा मृत्यु

कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने