दैलेखमा हाइस दुर्घटना, एक जना घाइते

कमल शाही । सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको इभी हाइस दैलेखमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार कर्णाली प्रदेश ०२–००१ ज ०८६२ नम्बरको ईभी हाइस शुक्रवार साँझ ४ ५० बजे गुराँस गाउँपालिका–४ रिठा नजिक सडकमा पल्टिएको हो।

__________ विज्ञापन____________

गाडी चालक दैलेख गुराँस गाउँपालिका–४ रतिखोलाका २२ वर्षीय मनिस शाहीले चलाउँदै आएको उक्त गाडी ब्रेक फेल भई दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

__________ विज्ञापन____________

दुर्घटनाका बेला गाडीमा चालक र सहचालकसहित १३ जना सवार थिए । तीमध्ये दैलेख नारायण नगरपालिका–१ लोकतान्त्रिक चोककी ३६ वर्षीया संगिता राना मगर घाइते भएकी छन् । उनको हातखुट्टामा सामान्य चोट लागेको र उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।

__________ विज्ञापन____________

अन्य १२ जना यात्रु सकुशल रहेका छन्। चालकले मादक पदार्थ सेवन नगरेको र सवारीका कागजपत्र समेत साथमै रहेको प्रहरीले जनाएको छ।

दुर्घटनास्थलमा अस्थायी प्रहरी पोष्ट घोडाबासबाट प्रहरी सहायक हवल्दार कृष्णनाथ योगीको कमाण्डमा तीन जनाको टोली खटिएको थियो। उक्त स्थान प्रहरी पोष्टबाट करिब ४ किलोमिटर उत्तरतर्फ पर्छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

कर्णाली खेलकुद परिषदमा नयाँ नियुक्ति : सदस्य सचिवमा रवीन्द्र चन्द

KBM School का कक्षा १० का विद्यार्थीलाई भावुक बिदाइ, उज्ज्वल भविष्यको कामना

घोडाघोडी–१० तुल्सीपुरमा युवा सम्मेलन सम्पन्न, समाज परिवर्तनका लागि महत्वपूर्ण निर्णय

पहिलो पटक प्रादेशिक नारी सन्त समागम आयोजना हुँदै,

जानकी गाउँपालिकामा सेवक नेपालको समावेशी परियोजना अन्तर्गत संयुक्त अनुगमन सम्पन्न

बर्दगोरियामा ट्याक्टरको ठक्कर,बाट घाइते महिलाको उपचारको क्रममा मृत्यु

कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने

एनएमबि लघुवित्त वित्तीय संस्था लि.द्धारा सहाराघरलाई खाद्यन्न सहयोग