कैलाली — घोडाघोडी नगरपालिका वडा नम्बर १० अन्तर्गत तुल्सीपुरमा आज युवा सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनमा सहभागी युवाहरूले भविष्यका योजना, नेतृत्व विकास तथा समाज परिवर्तनका विषयमा गहिरो छलफल गरेका छन्।

__________ विज्ञापन____________
कार्यक्रमका क्रममा विभिन्न महत्वपूर्ण निर्णयहरू समेत गरिएको आयोजकले जनाएको छ। ती निर्णयहरूलाई छिट्टै कार्यान्वयनमा लैजाने तयारी भइरहेको पनि जानकारी दिइएको छ।
__________ विज्ञापन____________

सम्मेलनमा उपस्थित हुन नसकेका युवाहरूलाई आगामी कार्यक्रममा अनिवार्य रूपमा सहभागी हुन आयोजकले हार्दिक अनुरोध गरेको छ। “आउनुहोस्, मिलेर समाज परिवर्तनको यात्रा सुरु गरौं,” भन्ने सन्देशसहित युवाहरूको साथ र समर्थनको अपेक्षा गरिएको छ।

भिजिटर संख्या : 242