जानकी गाउँपालिकामा सेवक नेपालको समावेशी परियोजना अन्तर्गत संयुक्त अनुगमन सम्पन्न

जानकी गाउँपालिकामा संचालनमा रहेको सेवक नेपाल – समावेशी परियोजना अन्तर्गत अपाङ्गता भएका बालबालिकाको सिकाइ तथा समावेशी शिक्षाको अवस्थाको संयुक्त अनुगमन गरिएको छ।

__________ विज्ञापन____________

__________ विज्ञापन____________

अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष गणेश चौधरी, शिक्षा शाखा प्रमुख धर्मान्नद कपाडी, महिला बालबालिका विकास शाखा प्रमुख यमुना विष्ट, सेवक नेपाल क्षेत्रीय संयोजक अरुण चौधरी, परियोजना संयोजक प्रेम चौधरी लगायतको सहभागिता रहेको थियो।

__________ विज्ञापन____________

अनुगमनको क्रममा अपाङ्गता भएका बालबालिकाको घरमा आधारित सिकाइ सहयोग, अपाङ्गता सहायक सामग्रीको प्रयोग, समावेशी सिकाइका लागि शिक्षकको क्षमता विकास, साथै डिजिटल तथा मुद्रण सामग्रीको उपलब्धता र प्रयोगको प्रगति जाँच गरिएको थियो।

यस अनुगमनलाई वडा नं. १, २, ४ र ९ मा केन्द्रित गरी सम्पन्न गरिएको थियो। सहभागी टोलीले बालबालिकाको सिकाइ, अनुभव र अभ्यासको अवलोकन गर्दै समावेशी शिक्षालाई थप प्रभावकारी बनाउने उपायहरूमा समिक्षा गरेको बताइएको छ।

सेवक नेपालको सहयोग र आयोजनामा भएको यस अनुगमनले जानकी गाउँपालिकामा समावेशी शिक्षाको अवस्था सुधार गर्न रणनीति र कार्यान्वयनको दिशा निर्धारणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस

कर्णाली खेलकुद परिषदमा नयाँ नियुक्ति : सदस्य सचिवमा रवीन्द्र चन्द

KBM School का कक्षा १० का विद्यार्थीलाई भावुक बिदाइ, उज्ज्वल भविष्यको कामना

घोडाघोडी–१० तुल्सीपुरमा युवा सम्मेलन सम्पन्न, समाज परिवर्तनका लागि महत्वपूर्ण निर्णय

पहिलो पटक प्रादेशिक नारी सन्त समागम आयोजना हुँदै,

दैलेखमा हाइस दुर्घटना, एक जना घाइते

बर्दगोरियामा ट्याक्टरको ठक्कर,बाट घाइते महिलाको उपचारको क्रममा मृत्यु

कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने

एनएमबि लघुवित्त वित्तीय संस्था लि.द्धारा सहाराघरलाई खाद्यन्न सहयोग